सन्दर्भः लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : पछिल्लो समय काँकरभिट्टानाका लागूऔषध प्रयोगकर्ता र कारोबारीको रोजाईमा

A notice in Nepali from Mechinagar Ward No. 10

१२ असार, मेचीनगर : लागूऔषध दुरुपयोग तथा ओसार पसार नेपालका लागि पनि चुनौतिपूर्ण बन्दै गएको सरोकारवाहरुले बताएका छन् ।

लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६ को सन्र्दभमा आइतबार झापाको काँकरभिट्टामा आयोजित कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले विश्वव्यापी समस्याको रुपमा रहेको लागुऔषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतिपूर्ण रहेको विचार राखेका थिए ।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । यस दिनको एउटामात्र उद्घेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो ।

मेचीनगर नगरपालिकाको सहकार्यमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेची सामुदायिक भवनमा आयोजना गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तोले लागूऔषध भित्रिने मुख्यः चारवाट नाकामध्ये काँकरभिट्टा पनि एक भएको प्रस्तुतीकरणमा उल्लेख छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, र भैरहवानाकामा गरिएको कडाइका कारण लागूपदार्थ कारोबारी अहिले काँकरभिट्टा नाकामा सक्रिय भएको उहाँको प्रस्तुतीकरणमा उल्लेख छ । लागूऔषधका प्रकार, यसबाट हुने हानी नोक्सानी तथा समाजलाई समेत पुग्ने असरका बारेमा उहाँले आफ्नो प्रस्तुती दिनु भएको थियो । थोरै समयमा धेरै पैसो कमाउने लालसा अनि नशाको लतले त झन यूवाहरुलाई जोखिमको घेरामा राखिरहेको प्रहरी नायव उपरीक्षक महत्तोको भनाई छ ।

लागूऔषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा सरकारका प्रयासहरु पर्याप्त नहुनु र खुल्ला सिमानाका कारण पनि यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतिपूर्ण रहेको वक्ताहरुको भनाई थियो । नेपालको भौगोलिक परिस्थिति, खुल्ला सिमानाका कारण पनि लागुऔषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतीपूर्ण रही आएको उनीहरुको बुझाई छ ।

कानुनको सफल कार्यान्वयनसँगै रोकथामको प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन सरकार लागि परेको भन्दैं सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले नागरिक समाजको साथै सबै वर्ग र तहलाई सहयोग गर्न आग्रह गर्नुभयो । विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता अनि कारोबारीहरु यूवा नै रहेको र यो उमेरमा मान्छेहरु अत्यन्त जोखिम अनि तरल अवस्थामा हुने उहाँको भनाई छ । लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्टिय दिवस नेपालमा विविध कार्यक्रम गरि मनाइए पनि समस्या ज्यू का त्यू रहेको वक्ताहरुको भनाई छ ।

खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यस समस्यावाट अछुतो नभएको लागूऔषध कारोवारले अपराध र अराजकता निम्त्याउने साथै बिभिन्न रोगहरु एचआईभी, हेपाटाईटीस लगायतहरु पनि यसैकारणले पनि सर्ने भन्दैं सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए । एउटा लागूऔषध प्रयोगकर्ताले आफ्नो घर परिवारमात्र नभई समाजलाई नकरात्मक असर पार्ने भएकाले यसको नियन्त्रण र रोकथाममा सवैको सहकार्य र समन्वय हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

स्थानीय लक्ष्मीनारायण मन्दिर परिसरबाट विभिन्न चेतामुलक नारा लेखिएका प्लेकार्ड, व्यानरसहित काँकरभिट्टा बजारको परिक्रमा पश्चात मेची सामुदायिक भवनमा पुगेर संक्षिप्त सभामा परिणत भएको थियो । र्यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, विद्यार्थी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, अधिकारकर्मी, उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो ।

सभामा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, निवर्तमान नगरप्रमुख विमल आचार्य, मेचीनगर वडानम्बर— ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, समुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकाललगायतले बोल्नुभएको थियो । मेची सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्घिनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सबैलाई मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले शब्दद्वारा स्वागत तथा सीमा प्रहरी चौकी नकलबन्दाका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक मानबहादुर मिश्रले सञ्चालन गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.