२२ असार, काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते सरकारलाई सिफारिस गरेको छ।
बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष संघ र प्रदेशको निर्वाचन मंसिर २ मा एकैचरणमा गर्न सिफारिस गरेको हो।
आयोगले निर्वाचन तयारीका लागि समय पुग्ने गरी निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । आयोगलाई निर्वाचनको तयारीका लागि कम्तिमा पनि १२० दिन लाग्ने हुँदा सोही अनुसार मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको हो।
निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ।

























