झापा उद्योग वाणिज्य संघद्वारा शान्ति–सुरक्षा माग्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र

A notice in Nepali from Mechinagar Ward No. 10

२४ साउन, भद्रपुर : झापाको सदरमुकाम रहेको भद्रपुरमा बढ्दै गएको चोरीका घटनाबाट आजित बनेका उद्योगी–व्यवसायीले आवश्यक सुरक्ष व्यवस्थापनको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।
संघका वाणिज्य उपाध्यक्ष सन्तोष धमलाको नेतृत्वमा आज नगरपालिका पुगेको उद्योगी–व्यवसायकिो टोलीले नगरप्रमुख गणेश पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा भनिएको छ– ‘झापाको सबैभन्दा पुरानो औद्योगिक तथा व्यापारिक केन्द्र भद्रपुर क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरुमा केही दिनयता चोरीका घटना बढ्दै गएका छन्, विभिन्न कारणले निरन्तर व्यवसाय खस्कँदो अवस्थामा रहँदा आर्थिक रुपमा समस्या भोग्दै आएका उद्योगी–व्यवसायी एकपछि अर्को चोरीका घटनाले थप आर्थिक क्षति व्यहोर्न बाध्य भएका छन् एकातिर भने अर्कोतिर व्यक्तिगत तथा व्यावसायिक असुरक्षा पनि बढेको छ, लगातार दिनदहाडै चोरीका घटना भइरहनुले भद्रपुर क्षेत्रमा सुरक्षा व्यवस्थाको कम–जोरीलाई उजागर गर्दछ, यसर्थ, यस विषयमा स्थानीय सरकारको रुपमा रहेको भद्रपुर नगरपालिकाको ध्यानाकर्षण गराउन चाहन्छौं । कसरी हुन्छ, भद्रपुर क्षेत्रको सुरक्षा व्यवस्था मजबुत तुल्याएर यहाँका उद्योगी–व्यवसायीलाई भयरहित ढंगले उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिनुहुन अनुरोध छ, अन्यथा, सामान्य अवस्थामा पनि व्यापार–व्यवसाय नचलेर पीडा भोगिरहेका उद्योगी–व्यवसायी आफ्नो उद्योग–व्यवसाय छोडेर पलायन हुनसक्नेतर्फ पनि नगरपालिकाको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
ज्ञापनपत्र बुझाउन नगरपालिका पुगेको टोलीमा संघका उद्योग उपाध्यक्ष प्रज्वल राई, उद्योग सचिव सञ्जय श्रेष्ठ, महिला सदस्य कमला दुवाडी, सदस्य पवन श्रेष्ठ, यदुनन्दन शाह रौनियार, अविनाश नाहाटा, कार्यालय सचिव दुर्गाप्रसाद खतिवडासमेतको सहभागिता थियो ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख पोखरेलले भद्रपुर बजारमा चोरीका घटना बढिरहेकोमा आफू पनि चिन्तित रहेको बताउँदै नयाँ रणनीतिका साथ सुरक्षा व्यवस्थाका लागि आफूले पहल गर्ने बताए । उनले भद्रपुर क्षेत्रमा सिसि टिभि क्यामेराको पनि कमी देखिएको भन्दै पर्याप्त क्यामेरा जडानका लागि नगरपालिकाले जिम्मेवारी लिने र त्यसको लागत–सहभागिताका लागि संघले पनि सहयोग पुर्याउन आग्रह गरे ।
नगरपालिकामा बुझाइएको व्यहोराकै ज्ञापनपत्र जिला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापामा बुधबार बुझाउने कार्यक्रम रहेको कार्यालय सचिव खतिवडाले जानकारी दिए । ज्ञापनपत्रमा उपाध्यष सन्तोष धमलाको हस्ताक्षर रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.