काँकरभिट्टा भेट्रान फुटबल क्लबको अधिवेशन सम्पन्न : अध्यक्षमा पुनः गंगालाल गुरुङ

A notice in Nepali from Mechinagar Ward No. 10

२७ माघ, मेचीनगर : काँकरभिट्टा भेट्रान फुटबल क्लबको अध्यक्षमा पुनः गंगालाल गुरुङ चयन भएका छन् । शुक्रबार क्लबको सम्पन्न अधिवेशनबाट ३ वर्षे कार्यकालका लागि अध्यक्ष गुरुङको नेतृत्वमा १९ सदस्य कार्यसमिति चयन भएको हो ।

मेचीनगर-६ स्थित तुर्केनी खेल मैदानमा आयोजित कार्यक्रमको झापा जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले (मामा) को प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष गुरुङ्गको सभापतित्व रहेको थियो भने स्वागत प्रथम उपाध्यक्ष राजु पौडेले गरेका थिए । क्लबको प्रथम उपाध्यक्ष राजु पौडेल, दोसो उपाध्यक्ष बिक्रम राई, महासचिव शेरबहादुर बस्नेत, सचिव कर्ण थापा मगर (राजा) कोषाध्यक्षमा बालकृष्ण थापा चयन भएका छन् ।

यस्तै, तेश्रो सदस्यहरुमा तेजप्रसाद खनाल, रमेश बस्नेत, नारायणप्रसाद बुढाथोकी (गोपाल), सजित तामाङ्ग, डम्बर खवास, मिनबहादुर बस्नेत, लाक्पा लामा, राजु गुरुङ्ग, मानबहादुर कार्की, युवराज मुखिया, उत्तरबहादुर तामाङ्ग, रामकुमार लिम्बु र पदेन सदस्यमा संस्थापक अध्यक्ष अर्जुन सुब्बा चयन भएका छन् ।

२०७१ सालमा स्थापना भएको क्लबले खेलसँगै अन्य सामाजिक तथा मानवीय सेवामा निरन्तर काम गर्दै आएको क्लबका महासचिव शेरबहादुर बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.