४ फागुन, मेचीनगर: मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले शैक्षिक संस्थाहरू नाफामुखी नभई सेवामुखी भएर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बिहीबार मेचीनगर १ गाडागल्लीको एसवी निकेतनको १६ ओैँ वार्षिकोत्सव तथा खेलकुद र साँस्कृतिक कार्यक्रमलाई उहाँले सम्बोधन गर्नुभएको थियो ।
एसवि निकेतनका सञ्चालक हिम्मत क्षेत्रीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उपप्रमुख उप्रेतीले स्थानीय सरकार नगरभित्रको शैक्षिकस्तर सुधारकालागि कुनै पनि काम बाँकी नराख्ने स्पष्ट पार्नुभयो । हरेक विद्यार्थीको पहिलो पाठशाला उस्को आफ्नै घर र गुरू आफ्ना अभिभावक भएकाले उनीहरूलाई घरबाटै असल संस्कार सिकाउनु पर्नेमा उहाँको जोड थियो । अहिले निजी विद्यालयतर्फ अभिभावक र विद्यार्थीहरूको आकर्षक बढेकाले अब सामुदायिक विद्यालयहरू पनि शैक्षिकस्तर वृद्धि गर्नेतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।
एसवी निकेतनका सञ्चालक मीरा भेट्वालले स्वागत गर्नुभएको थियो । मार्शल आट, विभिन्न गायन तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न विधाका विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्याब्सन मेचीनगरका अध्यक्ष ड
म्बर बरालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

























