यस बर्ष माइवेनी मेला नलाग्ने

A notice in Nepali from Mechinagar Ward No. 10

सय बर्ष पहिलेदेखि कनकाई माइको किनारमा लाग्दै आएको ऐतिहासिक माइवेनी मेला यस बर्ष भने कोभिड १९ का कारण नलाग्ने भएको छ ।

हरेक बर्ष कनकाई माइको दुबै तर्फ पुस २६ गतेदेखि एक सातासम्म माइवेनी मेला लाग्दै आएको थियो । यस बर्ष भने विधिवत रुपमा माईवेनी मेलाको आयोजना नगरिने तर मकर स्नान गर्न आउने भक्तजनका लागि भने आवश्यक सुरक्षा व्यावस्था भने मिलाईएको कनकाई नगरपालिकाका प्रवक्ता तथा कनकाई ४ नम्बर वार्डअध्यक्ष गोविन्दप्रसाद पौड्यालले बताउँनुभयो ।

हरेक बर्ष दुबै तर्फको तटमा कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाले मेला ठेक्का लगाएर बर्षेनी लाखौ रुपैँया आम्दामी गर्दै आएको थियो तर यसबर्ष नगरपालिकाको तर्फबाट मेलाको टेण्डर बोलपत्र आव्हान नगरिएको कनकाई नगरपालिकाका सुचना अधिकारी हरिप्रसाद मिश्रले बताउँनुभयो ।

कनकाई माईको माइवेनी मेला पुर्वकै ठुलो मेलाका रुपमा लाग्दै आएको थियो । मेला भर्न नेपालका विभिन्न जिल्ला र भारत र भुटानबाट समेत मकर स्नान र मेला भर्नका लागि भक्तजनहरुको भीड लाग्ने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.