५ चैत्र, धुलाबारी : मेचीनगर लेडी जेसिजको जेसिज सप्ताह अन्तरगत आज मंगबार एक दिने योग शिविर तथा वृक्ष रोपण कार्यक्रम सम्पन्न भएको छ । बिहान त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीमा सम्पन्न भएको योग शिविरमा ५० बढी महिलाहरुको सहभागिता रहेको थियो ।
मेचीनगर लेडी जेसिजकी अध्यक्ष रश्मि थापाको सभापतित्व तथा योग प्रशिक्षक उर्मिला ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मानव स्वास्थ्यमा योगको महत्वका विषयमा जानकारी गराउनका साथै योग पनि गराईएको थियो ।
मेचीनगर लेडी जेसिजकी सदस्य लक्ष्मी कोईरालाले आश्था वाचन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष कुसुम दाहालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सुनिता कोइरालाले गर्नुभएको थियो ।
यसैबीच जेसिज गाउँमा मेचीनगर लेडी जेसिजकै आयोजनामा वृक्षरोपण कार्यक्रम पनि गरिएको छ । जेसिज गाउका ३० परिवारलाई एक घर एक रुख अभियान अन्तरगत विभिन्न जातका बिरुवा वितरण तथा वृक्षरोपण गरिएको अध्यक्ष रश्मि थापाले जानकारी दिनुभएको छ ।
यस अघि जेसिज सप्ताह अन्तनरगत नै निशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो । वृक्षरोपण कर्यक्रमको प्रमुख अतिथिमा समाजसेवि माया गुरुङ्ग रहनुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरु टिका सुवेदी, सुनिता पनेरु लगायतको उपस्थिति रहेको थियो ।

























