अरुणोदय र गंगा मेमोरियल मावि विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

५ जेठ, काँकरभिट्टा : मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको आज भएको खेलमा छात्रातर्फ अरुणोदय अंग्रेजी मावि  र छात्रतर्फ गंगा मेमोरियल स्कुलविजयी भएका छन् ।

मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा छात्रतर्फ तारापुञ्जलाई १२ रनले पराजित गर्दै गंगा मेमोरियल स्कूल विजयी भएको छ । टस जितेर ब्याटिङ रोज्दै तारापुञ्जगंगा मेमोरियलले ११९ रन जोडेको थियो ।

१२० रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको तारापुञ्जले १०८ रन मात्रै जोड्न सक्यो । खेलको प्लेयर अफ द म्याच ३ विकेट लिँदै १७ रन जोड्ने विजेता टिमका प्रशान्त तामाङ घोषित भए ।

त्यस्तै आज नै भएको छात्रा तर्फको खेलमा अरुणोदय अंग्रेजी माविले गंगा मेमोरियल स्कूललाई ४३ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ रोजेको अरुणोदय ८४ रन जोडेको थियो ।

८५ रनको तार्केट लिएर मैदान उत्रेको गंगा मेमोरियलले ४१ रन मात्रै जोड्न सक्यो । खेलको प्लेयर अफ द म्याच २६ रन जोड्दैं टिमलाई विजयी बनाउने दुर्गा राई घोषित भइन् ।

प्रतियोगितामा शनिबारको खेल तारापुञ्ज अंग्रेजी मावि र धुलाबारी मावि छात्रातर्फ खेल हुनेछ भने, छात्रतर्फ बालकल्याण मावि र धुलाबारी माविबीच हुने आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.