लखनउलाई हराउदै मुम्बई दोस्रो क्वालिफायरमा

A notice in Nepali from Mechinagar Ward No. 10
एजेन्स : लखनउ सुपर जायन्ट्सलाई हराउदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आइपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

चेन्नाईमा रहेको एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनले विजयी भएको हो। मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउले १६ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय १ रन मात्र बनायो।

लखनउका लागि मार्कस स्टोयनिसले २७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए। सुरुआत राम्रो हुन नसकेको लखनउले ३ दशमलब २ ओभरमा २३ रन बनाउँदा २ विकेट गुमाएको थियो। तेस्रो विकेटका लागि कप्तान कुर्नाल पान्ड्या र मार्कस स्टोयनिसले ४६ रनको साझेदारी गरे। दीपक हुडाले १३ बलमा १ छक्काको सहयोगमा १५ रन बनाए। ओपनर कायल मेयर्सले १३ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाए।

लखनउका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। दशौं ओभरमा आकाश मधवालले लगातार दुई विकेट लिएसँगै मुम्बई खेलमा हाबी भएको थियो।

मुम्बईका लागि आकाश मधवालले ३ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ५ विकेट लिए। क्रिस जोर्डन र पीयुष चावलाले समान १/१ विकेट लिए। लखनउका तीन ब्याटर रन आउट भएका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनायो। मुम्बईका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाएका थिए। ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए। अर्का ओपनर ईशान किशनले १२ बलमा ३ चौका सहित १५ रन प्रहार गरे।

लखनउका नविन उल हकले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए। यश ठाकुरले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए। मोहसिन खानले एक विकेट आफ्नो नाम गरे।

ईलिमिनेटर खेलमा लखनउलाई पराजित गरेसँगै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। ईलिमिनेटर खेलमा पराजित लखनउ भने यस प्रतियोगिताबाट बाहिरिएको छ।

मुम्बईले दोस्रो क्वालिफायरमा गुजरात टाईटन्ससँग शुक्रबार खेल्ने छ। फाइनल खेल आगामी आईतबार हुनेछ। फाइनल खेल अहमदाबादमा आयोजना हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.