पत्रकार मनिषा पुरस्कृत, डाक्टर पोषण सम्मानित

A notice in Nepali from Mechinagar Ward No. 10

धुलावारी , २७ माघ । यसवर्षको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार मनिषा चम्लागाईलाई प्रदान गरिएको छ । झापाको मेची उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट  पुरस्कृत  पत्रकार चम्लागाई कारोवार दैनिककी झापा समाचारदाता हुनुहुन्छ ।

नगद १५ हजार रुपैयाँ र सम्मान पत्रसहितको पुरस्कार तथा सम्मान दोसल्ला पहिर्याएर मंगलबार संघको १७ औं वार्षिक साधारणसभाको उद्घाटनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रदान गर्नुभएको थियो ।

आर्थिक पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै प्रदान गरिने उक्त पुरस्कार यसअघि गोविन्दचन्द्र क्षेत्री र राजु अधिकारीलाई प्रदान गरिएको थियो । कार्यक्रममा कोभिड महामारीका बेला बिरामीको निरन्तर सेवा पुर्याए वापत मेची आम्दा अस्पताल धुलाबारीका  मेडिकल डाइरेक्टर डा.पोषणरमण त्रिपाठीलाई समेत कदरपत्र प्रदान गरिएको छ । डाक्टर त्रिपाठीलाई प्रमुख अतिथि एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले कदर पत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.