इभी गाडीहरू अब काँकरभिट्टा बसपार्कबाटै चल्ने, नगरप्रमुख बुढाथोकीबाट इभी ट्र्याकको उद्घाटन

५ साउन, काँकरभिट्टा : काँकरभिट्टाबाट छोटो दूरीमा सञ्चालन हुने इभी (विद्युतीय सवारी) गाडीहरू अबदेखि बसपार्कभित्रैबाट छुट्ने भएका छन्। आज एक विशेष समारोहबीच मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले रिबन काटी “इभी ट्र्याक” को औपचारिक उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख बुढाथोकीले आधुनिक प्रविधिमा आधारित इभी गाडीहरूलाई बसपार्कमै समावेश गर्न सहयोग पुर्‍याउने सबै पक्षलाई धन्यवाद दिनुभयो। उहाँले इभी सवारीसाधनलाई हरित, सुरक्षित र सहकार्यमा आधारित यातायातको विकल्पका रूपमा लिन आग्रह गर्नुभयो।

इभी नेपाल यातायात प्रा.लि., पूर्व मेची बस व्यवसायी प्रा.लि., बसपार्क व्यवस्थापन समिति, बजार व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त पहलमा उक्त व्यवस्था मिलाइएको हो। इभी नेपाल यातायात प्रा.लि.का अध्यक्ष सन्तोष आचार्यका अनुसार अब इभी गाडीहरू बिना झन्झट काँकरभिट्टा बसपार्कबाटै सञ्चालनमा आउनेछन्।

अध्यक्ष आचार्यले इभी गाडीहरू कुनै पनि श्रमिकको रोजगारी खोस्ने नभई सहअस्तित्व र सहकार्यको भावनासहित सञ्चालन गरिने स्पष्ट पार्नुभयो। यसअघि यस्ता गाडीहरू हनुमान मन्दिर अगाडिबाट छुट्ने गरेका थिए।

पूर्व मेची बस व्यवसायी प्रा.लि.का अध्यक्ष राजेन्द्र रिजालले लामो छलफलपछि इभी गाडीहरूलाई समेत समेटेर व्यवस्थित सञ्चालन सम्भव भएको जानकारी दिनुभयो।

बसपार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले विभिन्न सरोकारवाला निकायको सक्रिय सहभागिता र समझदारीकै कारण यो व्यवस्थापन सफल भएको बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथि गोपालचन्द्र बुढाथोकीसहित वडाध्यक्ष ललितबहादुर तामाङ, वडासदस्यहरू ध्रुवकुमार राई, भविन्द्रराज सुब्बा, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लामा, बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङ, पूर्व अध्यक्ष विष्णुकुमार श्रेष्ठ, बसपार्क व्यवस्थापन समितिका सचिव माधव अर्याल, सञ्चारकर्मी र यातायात व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।

बसपार्क व्यवस्थापन समितिका सदस्य नेत्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यबारे प्रकाश बसपार्क व्यवस्थापन समितिका सचिव माधव अर्यालले पार्नुभएको थियो भने बसपार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.