कोशी प्रदेशमा एकसय आठ जनाको हत्या : एकसय ६३ पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

१० साउन, मेचीनगर :  कोशी प्रदेशमा एकवर्षको अवधिमा एकसय आठजनाको हत्या भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार गत आर्थिक वर्ष २०८१—८२ को ‐साउनदेखि असारसम्म) एकवर्षे अवधिमा प्रदेशका १४ वटा जिल्लामा १८ बालबालिकासहित एकसय आठजनाको हत्या भएको हो ।

सो अवधिमा ६० पुरुष , ३० महिला छ बालक र १२ बालिकाको हत्या भएको अभिलेख कार्यालयसँग छ । कुटपिट, खुकरी प्रहार, छुरा प्रहार, धारिलो हतियार प्रहार, बामफोकको प्रयोग गरी, कलको भाच्चिएको हेण्डिल प्रयोग तथा रड प्रयोग गरी हत्या भएका छन् ।

सवैभन्दा बढी झापा जिल्लामा १२ पुरुष पाँच महिला र एक बालक एकगरी कुल १८ जनाको हत्या भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । झापामा १८ जनाको हत्या हुँदा प्रहरीले ३५ जनालाई पक्राउ गर्न सकेको अभिलेखमा छ ।

यसैगरी, सवैभन्दा कम तेह्रथुममा एकजना पुरुषको हत्या भएको छ । तेह्थुमको घटनामा संलग्न तीन पुरुष र एक महिलागरी कुल चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, मोरङमा छ पुरुष, तीन महिला र चार बालिकागरी कुल १३, सुनसरीमा सात पुरुष, छ महिला, एक बालक र तीन बालिकागरी कुल १७, उदयपुरमा एक पुरुष, तीन महिला र एक बालक र एकजना बालिकागरी कुल छ , इलाममा पाँच पुरुष, तीन महिलागरी कुल आठजनाको एकवर्षमा हत्या भएको प्रहरीको अभिलेखले देखाएको छ ।

यसैगरी, धनकुटामा दुई पुरुष र एक महिलागरी कुल तीन, संखुवासभामा छ पुरुष र एक बालिकागरी कुल सात, पाँचथरमा दुई पुरुष र तीन महिलागरी कुल पाँच, ताप्लेजुङमा चार पुरुष र दुईमहिलागरी कुल छ, भोजपुरमा छ पुरुष, दुई महिला, बालबालिका एक—एकगरी कुल दश, खोटाङमा तीन पुरुष र एकमहिलागरी कुल चार, ओखलढुङ्गामा पुरुष र महिला एक—एक,बालक दुईगरी चार, सोलुखुम्बुमा चार पुरुषको हत्या भएको कार्यालयले जनाएको छ ।

कर्तव्य ज्यान ‐हत्या) मा संलग्न पुरुष एकसय २६ र महिला ३७ गरी कुल एकसय ६३ जनालाई प्रहरीले पक्राउ गरीसकेको छ ।

अधिकाँश हत्याका घटनामा घरेलु हतियार प्रयोग भएका छन् । ढोका लगाउने चुक्कुल, बास, फलामको बाम्फोक खुकुरी, फलामको हम्बर प्रयोग हुने गरेको हत्याका घटनाले पुष्टि गर्दछ । परिवार र आफन्त भित्रै हुने हत्याका अधिकांश घटना आवेगप्रेरित देखिन्छ । घरेलु हिंसा, आर्थिक समस्या, मानसिक समस्या, शंका, विवाहेत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड÷रक्सी र लागूऔषधका कारण पनि यस्ता घटना हुने गरेको एकजना प्रहरी अनुसन्धान अधिकृतको भनाई छ । पहिले संगठित हत्या हुने गर्थे भने अहिले परिवार र आफन्त भित्रै हत्या हुने गरेका घटनाहरु पनि छन । अहिले परिवार र आफन्तभित्रै हत्या हुन थालेपछिे प्रारम्भिक अनुसन्धानको सुई नै परिवारभित्रै केन्द्रित गर्ने प्रचलन जस्तै भइसकेको ती अधिकृतको भोगााई छ ।

मदिरा सेवनपछिको विवाद, रिसिईवी, आर्थिक लेनदेनका कारण हत्याका घटनाहरु भएको देखिएको प्रहरी अनुसन्धानले बताएको छ । पछिल्लो समयमा असहनशील र उत्तेजक प्रवृत्तिले भएका घटनाका प्रशस्तै उदाहरण छन् । यस्तो असहनशीलता मर्ने र मार्नेसम्म पुगेको छ, त्यो घरबाहिर होस् या घरभित्र । तथापि परिवार र आफन्तबीच हुने हत्याका श्रृखला त्यसमा मात्रै सीमित छैन । समाजिक बनावट, घरभित्रको वातावरण, अविश्वास, विवाहेत्तर सम्बन्ध, यौन, आर्थिक कारोबारले निम्त्याएको विवाद, आवेग, उत्तेजना र तनावलाई नियन्त्रण गर्न नसक्दा पनि एकले अर्काको हत्या गर्ने गरेको अनुसन्धानका क्रममा खुल्न गरेको प्रहरीको भनाई छ ।

रिसलाई नियन्त्रण गर्न, परिवार र समाजलाई व्यवस्थापन गर्न सकियो भने पनि यस्ता घटना कम गर्न सकिने प्रहरीको बुझाई छ । यस्ता घटना कुनै उमेर समूहमा मात्रै सिमित देखिँदैन । लागूऔषधको प्रयोग र मदिराको सेवन गर्ने व्यक्तिले सन्तुलन गुमाउने डर अत्याधिक रहन्छ । त्यसैले स–साना विषयमा हुने झै झगडा वा सानो विषयको विवाद पनि हत्यासम्म पुगेको थुप्रै उदाहरण रहेको बताइएको छ ।

अहिले परिवार र आफन्तमा भएका अधिकांश हत्याको प्रवृत्ति हेर्ने हो भने रिस, आवेग, तनाव र मानसिक समस्याको कारणले भएको देखिन्छ । अहिले व्यक्तिले अर्काको भावना नबुझ्ने, सहयोग नगर्ने प्रवृत्ति देखिएको छ । यो पनि मानसिक समस्याको उपज हो । जसका कारण स–साना कुरामा पनि आक्रोशित हुँदा व्यक्तिले अपराधको सहारा लिने गरेको पछिल्ला उदाहरणबाट बुझ्न सकिन्छ ।

आफन्तले रिस उठाए भने बदलाको भावना लिने, सहन नसक्ने, पीडित हुने, गाह्रो हुने स्वभाव बढ्छ । यो परिस्थितिमा आफ्नैले आफ्नैलाई हत्या, अरूको हत्या गर्ने जस्ता घटनाको क्रम बढ्दै जाने समाजशास्त्री गोविन्दविक्रम चालिसेको भनाई छ । परिवार आफन्तभित्रै हुने हत्याको पछाडिको कारण सामाजिक विचलन भएको बुझाई उहाँको छ ।

व्यक्तिगत र सामाजिक कारणले हुने अधिकांश हत्या अवसर, अभाव र बदलासँग जोडिएका हुन्छन् । जुन परिवारमा विखण्डन छ, आर्थिक समस्या छ, त्यसैमा यस्तो घटना धेरै हुने गर्छ । श्रीमान र श्रीमतीबीच उब्जिएको शंका, उपशंका, अविश्वास, धर्म, संस्कार, चरित्र, बदला र चित्त नबुझे पनि सम्बन्धमा रहनुपर्ने दवाबले गर्दा पनि एक बिन्दुमा पुगेपछि एक अर्काको हत्यासम्म गराउने गरेको थुप्रै उदाहरण छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.