इरान–अमेरिका तनावमा ‘ब्रेक’ : ट्रम्पले आक्रमण दुई हप्ताका लागि स्थगित गरे

A notice in Nepali from Mechinagar Ward No. 10

डोनाल्ड ट्रम्पले इरानमाथि गर्न लागिएको सैन्य आक्रमण दुई हप्ताका लागि स्थगित गर्ने निर्णय गरेका छन्। यसअघि कडा चेतावनी दिँदै आक्रमणको संकेत गरेका ट्रम्प अन्ततः कूटनीतिक पहलपछि पछाडि हटेका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत निर्णय परिवर्तनको जानकारी दिएका हुन्। उनले पाकिस्तानको मध्यस्थतापछि यो सहमति भएको उल्लेख गरेका छन्।

ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सैन्य प्रमुख आसिम मुनीरसँग भएको छलफलपछि आक्रमण रोक्ने निर्णय लिइएको हो। इरानले होर्मुज जलडमरू खुला राख्ने प्रतिबद्धता जनाएपछि अमेरिका पनि लचक भएको बताइएको छ।

यता, इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि अस्थायी समझदारी भएको पुष्टि गरेका छन्। उनले आक्रमण रोकिएमा इरानले पनि आफ्नो रक्षात्मक गतिविधि रोक्ने बताएका छन्। आगामी दुई हप्तासम्म होर्मुज जलडमरूमार्फत सुरक्षित आवागमन सुनिश्चित गरिने उनले जनाएका छन्।

ट्रम्पले अराघचीको वक्तव्यलाई समेत साझा गर्दै कूटनीतिक प्रयासलाई सकारात्मक रूपमा लिएको संकेत दिएका छन्।

यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शरीफले इरान र अमेरिकाबीच अस्थायी युद्धविराम भएको दाबी गरेका छन्। उनले उक्त सहमति अन्य क्षेत्रहरूमा समेत लागू हुने उल्लेख गर्दै दुवै देशलाई थप वार्ताका लागि इस्लामाबाद आउन निमन्त्रणा दिएका छन्।

अन्तर्राष्ट्रिय समुदायले बढ्दो तनावका बीच आएको यो सहमतिलाई सम्भावित द्वन्द्व टार्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.