दुहबी भेट्रानलाई हराउँदै दुधे भेट्रान फूटबल क्लब पुग्यो सेमिफाइनल

दुधे भेट्रान १-० एलेभेन एरोज ,दुहबी

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी , फागुन १७ । सुनसरीको इटहरीमा जारी १ नम्बर प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता-२०७७ को सोमबार सम्पन्न खेलमा दुधे भेट्रान फुटबल क्लब, झापाले एलेभेन एरोज  भेट्रान फुटबल क्लब दुहबी,सुनसरीलाई १-० गोल अन्तरले पराजित गरेको छ । यो जीतसँगै दुधे भेट्रान एफसी सेमीफानल प्रवेश गरेको छ ।

इटहरी –५ पचरुखी स्थित जनता बहुमुखी क्यापसको खेल मैदानमा सोमबार सम्पन्न भएको प्रतियोगितामा विजयी टिम दुधेका तर्फबाट खेलको १३ औं मिनेटमा यामप्रकाश चेम्जोङले गरेको गोल नै  निर्णायक बन्न पुग्यो । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा दुवै टोलीबाट आक्रमक प्रयास भएपनि थप गोल हुन सकेन।

प्रतियोगितामा उत्कृष्ट खेल खेल्दै निर्णायक गोल गर्न सफल दुधे भेट्रान फूटबल क्लब ,झापाका यामप्रकाश चेम्जोङ ´म्यान अफ दि म्याच `’घोषित भए । उनलाई पूर्व रास्ट्रीय खेलाडी सुरेन्द्र तामाङ र मन्दीप राईले संयुक्त रुपमा खेलकूद सामाग्री हस्तान्तरण गरे ।

भोलि मङ्गलबारको खेल विराट भेट्रान एफसी ,मोरङ र दमक भेट्रान एफसी, झापा बिच दिनको ३ बजे हुने आयोजकका सचिव श्याम चौधरीले मेरोमेचीनगर अनलाइनलाई जानकारी दिए ।

हाम्रो इटहरी भेट्रान फूटबल क्लबको आयोजना ,इटहरी उपमहानगरपालिकाको संयोजन, मुख्य प्रायोजक गोरखा प्राली र सह प्रायोजक गोकुलम रिसोर्ट रहेको प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेता टिमले नगद ५५ हजार र उपविजेताले ३१ हजार नगदसहित ट्रफि पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.