दमकलाई पराजित गर्दै विराट भेट्रान सेमिमा

विराट २-० दमक

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी , फागुन १८ । सुनसरीको इटहरीमा जारी १ नम्बर प्रदेश स्तरीय भेट्रान नकआउट फूटबल प्रतियोगिता-२०७७ को मङ्गलबार सम्पन्न खेलमा विराट भेट्रान फूटबल क्लब, मोरङले दमक भेट्रान फूटबल क्लब, झापालाई २-० गोल अन्तरले पराजित गरेको छ । यो जीतसँगै विराट भेट्रान एफसी सेमीफानल प्रवेशमा प्रवेश गरेको छ ।

इटहरी –५ पचरुखी स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आज सम्पन्न भएको खेलमा विजयी टिम विराट भेट्रानका तर्फबाट खेलको २० औं मिनेटमा श्याम तामाङ र खेलको ३८ औं मिनेटमा सुमन श्रेष्ठले समान १/१ गोल गर्दै आफ्नो टिमलाई जीत दिलाए। अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा दमक भेट्रानले थुप्रै गोल गर्ने अवसर प्राप्त गरेपनि सदुपयोग गर्न सकेन।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका विराट भेट्रान एफसीका मिडफिल्डर प्रवेश कट्वाल ´म्यान अफ दि म्याच ` घोषित भए । उनलाई व्यावसायी ,समाजसेवी राजेन्द्र खड्का र मोरङ जिल्ला फूटबल संघका महासचिव प्रकाश मास्केले संयुक्त रुपमा खेलकूद सामाग्री हस्तान्तरण गरे ।

भोलिको पहिलो सेमीफाइनल खेल इटहरी भेट्रान रातो,सुनसरी र दुधे भेट्रान एफसी, झापा बिच दिनको ३ बजे हुने आयोजकका सचिव श्याम चौधरीले मेरोमेचीनगर अनलाइनलाई जानकारी दिए ।

हाम्रो इटहरी भेट्रान फूटबल क्लबको आयोजना ,इटहरी उपमहानगरपालिकाको संयोजन, मुख्य प्रायोजक गोरखा ब्रुअरी प्राली र सह प्रायोजक गोकुलम रिसोर्ट रहेको प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेता टिमले नगद ५५ हजार र उपविजेताले ३१ हजार नगदसहित ट्रफि पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.