Wednesday, May 12, 2021
- बिज्ञापन -
गृह खेलकुदझापामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिता शुरु

झापामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिता शुरु

झापामा जिल्लास्तरीय रनिङशील्ड प्रतियोगिताको बाह्रौं संस्करण शुरु भएको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आज शुरु भएको प्रतियोगिताको एक समारोहका बीच १ नं प्रदेशसभा सदस्य वसन्त वानियाँले उद्घाटन गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा अआयोजित समारोहमा प्रमुख अतिथि वानियाँले विद्यालय तहदेखि नै खेलकुदमा सहभागी गराई खेलकुदमा सक्षम जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली र प्रशिक्षक दुर्गानाथ निरौलाले संयुक्त रुपमा सञ्चालन गरेको उद्घाटन समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख जविनकुमार श्रेष्ठले मर्यादित ढंगबाट प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, करातेलागयतका आधादर्जन विधा समावेश गरिएको प्रतियोगिताअन्तर्गत आज भएका खेलहरुबाट केही खेलका परिणाम घोषणा भएको कार्यालय प्रमुख मैनालीले बताउनु भयो ।

आइतबारसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता खेलाडीहरुले १ नं प्रदेशस्तरीय राष्ट्रप्रति रनिङशील्ड प्रतियोगितामा सहभागी जनाउने छन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु