काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पर्सि शुक्रबार सचिवालय बैठक बोलाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजे बैठक बोलाइएको एक नेताले बताए । स्रोतका अनुसार सांगठनिक एकताको बाँकी कामसँगै संघीय सरकारको मन्त्रिपरिषद् र प्रदेश सरकार पुनर्गठनबारे छलफल गर्ने बैठकको एजेण्डा छ ।
पार्टीको आन्तरिक विवादबारे सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमा पनि मन्त्रिपरिषद् पुनर्गठन गर्ने उल्लेख थियो । तर १९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।
तर पर्सि बोलाइएको सचिवालयको एजेण्डामै परेको मन्त्रिपरिषद् र प्रदेश सरकार पुनर्गठन रहेको एक नेताले बताए ।