उर्लाबारी नगरपालिका प्रमुख फागो आफै शव व्यवस्थापन गर्दै

A notice in Nepali from Mechinagar Ward No. 10

१३ जेठ, उर्लाबारी । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा आफैँ खटिन थाल्नु भएको छ । सङ्क्रमणबाट ज्यान गुमाएकाको परिवार डराएको र शव व्यवस्थापनमा खटिएको नेपाली सेनालाई भ्याई–नभ्याई भएपछि नगप्रमुख फागो आफैँ खटिन थाल्नु भएको हो ।

‘सङ्क्रमणका कारण ज्यान गुमाएकाको परिवार डराउनुपर्ने बाध्यता नै छ । उहाँहरू पनि सङ्क्रमित हुनुहोला भन्ने कुरामा हामी आफैँ पनि डराएका हुन्छौँ । यसैले म र मेरो टिम पिपिई लगाएर उच्च सावधानीका साथ सङ्क्रमितको शव व्यवस्थापन गर्छौँ’, फागोले बताउँनु भयो ।

बुधबार मात्र फागोले कोरोना सङ्क्रमणले मृत्यु भएका उर्लाबारी–२ का एक सङ्क्रमितको शव व्यवस्थापन गर्नुभएको थियो । तत्कालीन उर्लाबारी गाविसका उपाध्यक्ष ६७ वर्षीय कुमार धिमालको  झापाको बीएण्डसी अस्पतालमा बुधबार मृत्यु भएको थियो ।

कोरोना सङ्क्रमणले मृत्यु भएपछि आफन्त पनि टाढा–टाढा बस्ने र परिवारका २–४ जना सदस्य मात्रै नजिक बस्ने गरेकाले सामाजिक उत्तरदायित्व सम्झेर आफैँले शव व्यवस्थापन गर्न थालेको फागोले बताउँनु भयो ।

उहाँ भन्नु भयो, ‘महामारीले यतिबेला समाजका व्यक्तिहरूमा सामाजिक उत्तरदायित्वको भावनासमेत हराएको अवस्था छ । परिवार पनि डराउँछन् । सेनाको मात्र भर परेर हुँदैन । उहाँहरूको तालिका हुन्छ । यसैले पनि आफैँ खटिरहेका छौँ ।’ आफैँले संक्रमितको शव व्यवस्थापनमा खट्दा अन्य सर्वसाधारणमा पनि भएको डर त्रास न्यूनीकरण हुने देखिएको उहाँको भनाइ छ ।

हालसम्म उर्लाबारी नगरपालिकामा कोरोनाबाट १७ जनाको मृत्यु भएको छ । नगरक्षेभित्र हाल दुई सय १६ जना कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पुगेका छन् । नगरपालिकाले ११ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.