झापामा शुक्रबार १ सय २६ घरफर्के २ सय ८ जना संक्रमित थपिए : विदेशबाट आएको तीन सातामा मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १४ जेठ / शुक्रबार कोभिड १९ संक्रमणका कारण झापामा ५ जनाको मृत्यु भएको छ भने कोभिड १९ को नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २ सय ८ जना संक्रमित थपिएका छन् ।
मृत्यु हुनेमा दमक–१० का ५५ वर्षीया महिला, दमक–८ का ५५ वर्षीया महिला, मेचीनगरका ३९ वर्षीय पुरुष, मेचीनगर–१३ का ४४ वर्षीय पुरुष र कमल–३ का ७६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताउनुभयो । उहाँका अनुसार शुक्रबार ७४ महिलासहित २ सय ८ जनामा कोभिड १९ भाइरसको संक्रमण भएको छ ।
संक्रमण देखिएकामा दमकमा ११ महिलासहित २४ जना, बिर्तामोडमा ११ महिलासहित २९ जना, मेचीनगरमा ७ म्हिलासहित १६ जना, भद्रपुरमा ८ महिलासहित १८ जना, कनकाईमा ७ महिलासहित १५ जना, हल्दीबारीमा २ जना महिला, अर्जुनधारामा १२ महिलासहित २२ जना, बुद्वशान्तिमा ५ महिलासहित ७ जना, कमलमा ३ महिलासहित ६ जना, शिवसताक्षीमा ३ महिलासहित ९ जना, बाह्रदशीमा २ महिलासहित ६ जना र झापामा १ जना महिलामा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताउनुभयो ।
झापामा संक्रमितको संख्या ९ हजार ९ सय ८८, डिस्चार्ज ५ हजार ७ सय ५५, आइसोलेसनमा ३ हजार ९ सय ६४ जना, कुल संक्रमित एन्टिजेन ७ सय २९ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २ सय २८ जना र शुक्रबार निको भएर घर फर्किएका १ सय २६ जना रहेको उहाँले जानकारी दिनुभयो ।

कोभिड १९ संक्रमणबाट शुक्रबार मृत्यु भएका मेचीनगर १३ का ४४ वर्षीय पुरुष तीनसाताअघिमात्र दुवईबाट आएका थिए । मेचीनगर–१३ स्थित तेलीबारी घर भएका उनको दुबै मिर्गौलामा समस्या रहेको उनी पटक–पटक गरेर १५ वर्ष विदेश बसेर मिर्गौला खराब भएपछि घर फर्किएका थिए । दुवईबाट नेपाल आउने वितिकै उनी मिर्गौलाको उपचारका लागि काठमाडौँको एउटा अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालमा कोरोना संक्रमितहरुको भिडभाडले लामो समयसम्म त्यहाँ बसेर उपचार गर्न पाएनन् । अस्पतालमा वेडको अभाव भएपछि उनी त्यहाँबाट सोझै झापा फर्कैका थिए ।
झापामा डायलासिसका लागि उनी जेठ ८ गते ओमसाई पाथिभरा अस्पताल भद्रपुर पुगेका थिए । स्पतालमा उनको पीसीआर परीक्षण गर्दा ९ गते उनको रिपोर्ट पोजेटिभ आयो ।
विदेशबाट नेपाल आउदाँ उनको रिपोर्ट नेगेटिभ थियो । त्यही भएर उनी नेपाल आउन पाएका थिए ।
कोभिड १९ को संक्रमण देखिए पछि उनलाई कोभिड उपचारका लागि मेची अस्पतालमा रेफर गरिएको थियो । मेचीबाट उनलाई रेफर गरेर बिर्तामोडस्थित विर्तासिटी अस्पताल उपचारका लागि लगिएको थियो । उनको अवस्था झन् जटिल बन्दै गएपछि आइसीयुबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।शुक्रबार विहान ७ वजे उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ । उनको श्रीमती र दुई छोराहरु छन् । दिउँसो कनकाई आर्यघाटमा नेपाली सेनाको टोलीले उनको दाहसंस्कार गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.