विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग र समुदायलाई जोड्ने शुभकामना सन्देशमा उल्लेख

A notice in Nepali from Mechinagar Ward No. 10
प्रधानमन्त्री वालेन्द्र शाहको फाइल तस्बिर

📌 मुख्य बुँदाहरू:

  • प्रधानमन्त्री वालेन्द्र शाहद्वारा विजयादशमीका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना।
  • भ्रष्टाचार, कुशासन, ढिलासुस्ती र राजनीतिक बेथिति हटाउन सबै एकजुट हुनुपर्नेमा जोड।
  • विजयादशमीले अहंकार, लोभ, इर्ष्या र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने उल्लेख।

काठमाडौँ, कात्तिक ४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने बताउनु भएको छ।

विजयादशमीका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यस पर्वले वर्षौंसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसरसमेत दिने उल्लेख गर्नुभएको छ। उहाँले यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।

विकृति र विसङ्गति अन्त्य गर्न एकजुट हुन आह्वान

शुभकामना सन्देशमा आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन सबै एकजुट हुन आवश्यक रहेको औँल्याइएको छ। इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले मात्रै यस्ता विकृति हटाउन मद्दत गर्ने र परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको सन्देशमा भनिएको छ।

विजयादशमी अर्थात् असत्यमाथि सत्यको विजयप्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन हो। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरजस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले पनि असत्यको प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिने गरिन्छ।

आपसी सद्भाव र एकतामा जोड

विजयादशमी मनाउँदै गर्दा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले मानिसमा रहेका अहंकार, लोभ, इर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा मिल्ने बताएका छन्। उनले सबैलाई आ–आफ्नो ठाउँबाट क्षमताअनुसार विजयादशमी मनाउन तथा सद्भाव, एकता, सम्मान र माया आपसमा साट्न आग्रह गरेका छन्।

📄 प्रेस विज्ञप्ति / सूचना

blog
📄 blog
प्रेस विज्ञप्ति / सूचना
📄 प्रेस विज्ञप्ति / आधिकारिक सूचना
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
📄 विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
📄 विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.