दीर्घ राेग नभएका १२ देखि १८ वर्षमुनिका बालबालिकालाई पनि फाइजर खोप ( खाेपकेन्द्रकाे सूचीसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

५ मंसिर, काठमाण्डाै : दीर्घ रोग नभएका १२ देखि १८ वर्षमुनिका बालबालिकाले पनि कोभिडविरुद्धको फाइजर खोप  लगाउन पाउने भएका छन् ।

आजदेखि १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार खोपका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । जन्मदर्ता वा परिचय खुल्ने सरकारी कागजात लिएर तोकिएको अस्पतालमा गए १२ देखि १८ वर्ष मुनिका बालबालिकाले खोप पाउने छन् ।

फाइजर खोपका लागि सरकारले यस अघि तोकेको २४ वटा अस्पतालमा जानु पर्ने हुन्छ । हिजोसम्म यो खोप १२ वर्षदेखि १८ वर्ष मुनिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । दीर्घ रोग भएकाहरुलाई दिएर खोप बाँकी रहेकाले अन्यलाई पनि यो खोप दिन लागिएको हो  ।

कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट  नेपालले प्राप्त गरेको एक लाख ६ सय २० डोज खोप गएको कात्तिक २८ गतेदेखि दीर्घ रोग भएकालाई लगाउन थालिएको थियो ।

खोपका लागि काठमाण्डौ उपत्यकामा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रीवी शिक्षण अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण गरी आठवटा खोप केन्द्रबाट फाइजर खोप लगाइरहेको छ ।

यस्तै काठमाण्डौ उपत्यका बाहिर प्रमुख अस्पतालबाट पनि फाइजर खोप लगाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.