आफैँ असुरक्षित बन्दैं स्थानीयवासीलाई सुरक्षा दिदैँ प्रहरी

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
२८ चैत, मेचीनगर  : स्थानीय जनतालाई शान्ति सुरक्षा दिने जिम्मा स्थानीय प्रशासनको हो । तर, शान्ति सुरक्षा कायम गर्ने जिम्मा पाएको प्रहरी आफैं असुरक्षित हुँदा स्थानीयवासीले उ बाट कस्तो खालको शान्ति सुरक्षाको अपेक्षा गर्ने ? के यस्तो अवस्थामा उस्ले स्थानीयवासीले अपेक्षा गरे अनुसारको शन्ति सुरक्षा कायम गर्न सक्ला ? वा उस्लाई कार्य सम्पादनमा कति असहज हुन्छ ?
हो, झापा मेचीनगर नगरपालिका वडा नम्बर-५ मा रहेको इलाका प्रहरी कार्यालय नकलबन्दामा कार्यरत प्रहरीको अवस्था निक्कै कष्टकरमात्र छैन् पुरानो जीर्ण भवन, कुनै पनि बेला खसिहाल्ला जस्तो छतका कारण आफै असुक्षित छन् । आफैं असुरक्षित महशुस गर्ने प्रहरीबाट स्थानीयवासीले आफुहरु सुरक्षित छौ भनेर कति ढुक्क हुने ? चौतर्फी प्रश्न छ । देश र जनताको सेवामा रहेका प्रहरी नै जोखिममा रहदाँ पनि त्यसप्रति कसैको चासो गएको छैन् ।
२०३४ सालमा सीमा प्रहरी चौकीका रुपमा स्थापना भएको यो कार्यालय केहीवर्ष अघिमात्र स्तोरन्नति गरी इलाका प्रहरी कार्यालय -ख) नकलबन्दामा रुपान्तरण गरिएको त्यहाँ कार्यरत प्रहरीहरुको भनाई छ । यतिखेर भने, प्रहरी कार्यालय भवनको अवस्था ज्यादै जीर्ण रहेको छ । सिमेन्टका ढिकाहरु खसेर फलामका डण्डीहरु देखिन थालेको र कतिबेला सिमेन्टको ढिका खसेर ज्यान नै जाने हो भन्ने डर र त्रासमा यहाँ कार्यरत प्रहरीले सेवा दिदैँ आएका छन् ।

परेका बेला जनताको सुरक्षा दिने, आपराधिक घटना हुन नदिने, भए कारबाही र अनुसन्धानको काम गर्ने प्रहरीको यो कार्यालय आफैं असुरक्षित बनेको देख्दा सर्वसाधारणहरु समेत अचम्मित छन् ।
पहिलो पटक २०६८ साल असार २३ गतेबाट प्रहरी नायव निरीक्षक घनश्याम श्रेष्ठले कार्यालयको कमाण्ड सम्हालेका थिए । २०६८ बाट २०८२ सालसम्म आईपुग्दा ३५ जना कार्यालय प्रमुखहरु फेरिए । हाल उक्त कार्यालयको कमाण्ड प्रहरी नायव निरीक्षक अशोक चौहानको नेतृत्वमा छ । यतिका कार्यालय प्रमुख फेरिदाँसम्म भवनको हालत भने उहि छ । अहोरात्र खटिनुपर्ने प्रहरीका लागि भने व्यवस्थित भवन बन्न सकेको छैन । भवनको स्वरुप र मुहार पहिलेकै अवस्थामा छ । भवन समयक्रममा जीर्ण हुँदै आयो । मर्मत सम्भारमा कसैले चासो दिएन । अहिले त बस्नै जोखिमपूर्ण हुने गरी जीर्ण बनेको छ । बर्षाको समयमा त पानी पर्दा खाना पकाउने भान्सा र बस्ने कोठा चुहिएर समस्या भएको हुन्छ ।

शुरु शुरुमा यसक्षेत्रमा दैनिकजसो चोरी डकैती र लुटपाटका घटना हुने भएका कारण स्थानीयवासीलाई यस प्रकारका आपराधिक गतिविधिबाट मुक्त गर्न प्रहरी चौकी निर्माणका लागि स्थानीय बुदारु राजवंशीले ७ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेको स्थानीयवासीको भनाई छ । स्थानीय इन्द्र तामाङका अनुसार प्रहरी कार्यालय निर्माण हुने भएपछि स्थानीयवासी खुशी हुँदै कसैले श्रमदान त कसै सकेको आर्थिक सहयोग गरेका थिए । सरकारले भवन निर्माणका लागि ३० हजार रुपैयाँ प्रदान गरेको थियो । स्थानीयको श्रमदान र आर्थिक सहयोग गरेर स्थानीय समाजसेवी र दाताहरुले प्रहरी चौकी बनाइदिए ।
झण्डै ५ दशकअघि निर्माण भएको यो भवनको हालत यतिखेर पुरानो र जीर्ण छ । कुनै पनि बेला खसिहाल्ला जस्तो छत । अरु संरचनामा पनि पुरानो भएर कमजोर बनेको अवस्था । त्यो भवनमा बस्नु भनेको आफैंलाई असुरक्षित पार्नु जस्तै हो । तर बाध्यता, प्रहरीहरु यस्तै जीर्ण भवनमा बसिरहेका छन् । त्यही बसेर स्थानीयलाई शान्ति सुरक्षा प्रदान गरिरहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको मातहत रहेको नकलबन्दा बजारको मुख्य भागमा रहेको यो कार्यालयले ४८ वर्षदेखि त्यस क्षेत्रको शान्ति सुरक्षाको अवस्था बिग्रन नदिन काम गरिरहेको छ । तर, त्यस काममा लागिरहने प्रहरी स्वयम् भने असुरक्षित छन् । यस कार्यालयको कार्यक्षेत्र मेचीनगर नगरपालिका वडा नम्बर ५ पुरै र वडानम्बर ६, ७ र ८ साविक बाहुनडाँगीको ३ नम्बर वडाका केही भाग पर्छ ।

त्यतिमात्र होईन कार्यालयबाट २ सय मिटर नजिक भारतीय सीमा [खुला वोडर] छ । तर, लामो समयदेखि जीर्ण भवनबाटै नागरिकलाई सुरक्षा प्रदान गर्दैँ आएको छ प्रहरी । नेपाल भारत सीमा जस्तो जटिल क्षेत्रमा बस्ने प्रहरीको भवन नै जोखिममा रहेको मेचीनगर नगरपालिका— ५ का वडा सदस्य माया प्याकुरेलले बताईन् । भवन कामै नलाग्ने अवस्थामा पुगेको र यसका लागि वडा सरकारले केही गर्न नसक्ने , मर्मत र समभारका लागि कोशी प्रदेश सरकारलाई आग्रह गर्ने वडा सदस्य प्याकुरेलले बताईन् । भवनको उचित मर्मत तथा सम्भारका लागि प्रदेश तथा सङ्घीय सरकारकै बजेट चाहिने वडा सदस्य प्याकुरेलको भनाई छ ।
…सुतिरहेका बेला कतिखेर खसेर छतले थिच्ला भनेर त्राहीमाम छ’ एक प्रहरी भन्छन्, ‘असाध्यै कष्टपूर्ण बसाइ छ । के गर्नु, कतै केही बोल्यो भने आफैं नराम्रो भइन्छ ।’ पुरानो एकतले पक्की भवनको छत वर्षौ अघि चर्किकोमा अझै उस्तै छ । अझ चर्कने क्रम बढेको छ । अलेली पानी पर्दा पनि चुहिएर बिजोग अवस्था हुने गरेको स्थानीयवासीको भनाई छ ।
‘इलाका प्रहरी कार्यालय नकलबन्दाको भवन जीर्ण छ । प्रहरीले जीर्ण भवनबाटै जोखिम मोलेर नागरिकलाई सुरक्षा दिन बाध्य रहेका छन् । स्थानीयवासी भन्छन् । ’ स्थानीयको योगदान र प्रयासमा बनेको भवनको यो अवस्था देखेर स्थानीय अचम्ममा परेको बताएका छन् । जनताको सुरक्षा गर्ने प्रहरी नै जोखिमको भवनमा बसेर नागरिकको सुरक्षामा खटिनुपरेको उनीहरुको भनाई छ ।
‘कोठा भित्र बाट खुल्ला आकाश पनि देखिन्छ,बाहिर पट्टी पनि चारैतिर भित्ता फुटेका छन् । भवन भत्किने अवस्थामा छ । जतिसुकै बेला पनि भत्किन सक्नेछ, नागरिकलाई सुरक्षा दिने प्रहरी आफै असुरक्षित भएको छ,’ एकजना प्रहरीले नाम नछाप्ने शर्तमा भने ।
थुनुवा राख्ने हिरासत पनि जीर्ण बनेकाले कोही मानिसलाई एक रात राख्न पनि धेरै जोखिम लिनुपर्ने बाध्यता रहेको प्रहरीको भनाइ छ । कतिबेला सिमेन्टको ढिस्काले टाउकोमा लागेर मार्ने हो भन्ने त्रासमा थुनुवा र प्रहरी बस्नुपर्ने बाध्यता रहेको प्रहरीले जानकारी दिएका छन् । तालुक कार्यालयलाई प्रहरी भवनको अवस्थाका विषयमा जानकारी गराएर पुनःनिर्माण र मर्मत सम्भारका लागि अनुरोध गरिएको प्रहरीको भनाई छ ।
उक्त कार्यालयमा २३ जनाको दरवन्दी हो । अहिले प्रहरी नायाव निरीक्षकको नेतृत्वमा प्रहरी सहायक निरीक्षकसहित आठ जना प्रहरी कार्यारत छन् । त्यसमा पनि दुईजना सरुवा भएका कारण प्रहरी नायव निरीक्षकको नेतृत्वमा छ जना प्रहरी परिचालित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.