मेचीनगरको न्यू पाथीभरा भेराईटिजमा आगलागी, करोडौं रुपैयाँ मुल्य बराबरका धनमाल जलेर नष्ट

A notice in Nepali from Mechinagar Ward No. 10

२२ जेठ, मेचीनगर : झापाको मेचीनगरमा आइतबार आग्लागी हुँदा करोडौं रुपैयाँ मुल्य बराबरका धनमाल जलेर नष्ट भएको छ । मेचीनगर —१० धुलाबारी चोकको न्यू पाथीभरा भेराईटिजमा बिहान करीव पौने एघार बजेतिर विद्युत सर्ट भइ सुरु भएको आगो लागेको बताइएको छ ।

ज्योती कोइराला र निलान्चल पाण्डा ले सञ्चालन गरेको ईलोक्ट्रोनिक्स पसलमा बाल्ट्रा, यसोडा, सामसुङ कम्पनीका वासिङ मेसिन, फ्रिज, इन्डक्सन चुल्हेलगायतका सामान रहेको र उक्त पसल पुर्ण रुपमा जलेर नष्ट भएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिनुभयो ।

आगोलागीबाट १ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । त्यस्तै माथिल्लो तलामा रहेको सिटि डेन्टल केयरको पनि आगोका कारण करिब १० लाख बढीको सामान काम नलाग्ने भएको अनुमान गरिएको छ ।

मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीय सहयोगमा ११ः३० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.