चेम्बरको पहलमा ५२ जनाको पान दर्ता धुलावारीमै

A notice in Nepali from Mechinagar Ward No. 10

धुलावारी, १४ फागुन । मेची चेम्बर अफ कमर्सले आफ्नै कार्यालयमा ५२ जना स्थानीय व्यवसायीलाई पान दर्ता गर्ने सुविधा दिलाएको छ ।

केही दिन अघि कार्यालयमै आन्तरिक राजस्व कार्यालय भद्रपुरको टोली ल्याएर व्यवसायीहरुको पान दर्ता प्रक्रिया सुरु गरेको थियो ।

बुधवार तिनै व्यवसायीहरुको पान दर्ता प्रमाणपत्र कार्यालयबाटै बाँडिएको छ ।

मेचीनगर वडा नं. १० का वडाध्यक्ष सुदय पनेरुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष पनेरु र चेम्बरका अध्यक्ष ललित बोहोराले व्यवसायीहरुलाई पान दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

पान दर्ताका लागि चन्द्रगढी धाइरहने प्रथाको अन्त्य गर्दै चेम्बरले पहिलोपटक मेचीनगरका व्यवसायीलाई आफ्नै ठाउँबाट कर कार्यालयको महत्वपूर्ण सेवा दिलाएको अध्यक्ष बोहोराले जानकारी दिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर्मचारी अर्जुन राजबंशीको समेत उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.