भोलि सार्वजनिक हुँदै एसइई नतिजा, बोर्डको तयारी पूरा

A notice in Nepali from Mechinagar Ward No. 10

२८ वैशाख,  काठमाडौं  : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा भोलि वैशाख २९ गते सार्वजनिक गर्ने तयारी पूरा गरेको जनाएको छ। यससँगै देशभरका लाखौं विद्यार्थी तथा अभिभावकको प्रतीक्षा अन्त्य हुने भएको छ।

सरकारले यस वर्षदेखि एसइईको नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्रै सार्वजनिक गर्ने निर्णय गरेपछि बोर्डले तीव्र गतिमा काम अघि बढाएको थियो। बोर्डका अनुसार रुजु, तथ्यांक परीक्षण तथा कम्प्युटर इन्ट्रीलगायत अधिकांश प्राविधिक प्रक्रिया सम्पन्न भइसकेका छन्।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले निर्धारित समयमै नतिजा सार्वजनिक गरिने बताएका छन्। उनका अनुसार उत्तरपुस्तिकाको अन्तिम समीक्षा कार्य सकिएपछि बोर्ड बैठक बसेर औपचारिक रूपमा नतिजा प्रकाशन गरिनेछ।

यसअघि एसइईको नतिजा सार्वजनिक हुन करिब तीन महिना लाग्ने गरे पनि यसपालि नयाँ कार्ययोजना र व्यवस्थापनका कारण एक महिनामै नतिजा ल्याउन सम्भव भएको बोर्डले जनाएको छ।

चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना तथा ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी रहेका छन्।

यस वर्ष उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिएको, आवश्यक कागजात समयमै संकलन गरिएको तथा अतिरिक्त जनशक्ति परिचालन गरिएकाले नतिजा प्रकाशन प्रक्रिया छिटो सम्पन्न भएको बोर्डको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.