एसईई मौका परीक्षा तालिका आज सार्वजनिक हुने

A notice in Nepali from Mechinagar Ward No. 10

माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा साउन २३ गतेदेखि हुने भएको छ।

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षा तालिका सोमबार सार्वजनिक गर्ने बोर्डले बताएको छ।

यसअघि बोर्डले दुई विषयमा नन ग्रेडेड (एनजी)आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो। तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेसँगै बोर्डले अर्को मिति तय गरेको हो।

गत बिहीबार एसईईको नतिजा सार्वजनिक हुँदा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.