नेशनल प्याब्सन मेचीनगरको कविता प्रतियोगिता सम्पन्न : माँ सरस्वती एजुकेसन फाउन्डेसनकी कृतिका शिवाकोटी प्रथम

A notice in Nepali from Mechinagar Ward No. 10

७ भदौं, काँकरभिट्टा : नेशनल प्याब्सन मेचीनगरले  शुक्रबार नगरस्तरीय आधारभुत तह कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
मेचीनगर १५ स्थित शुप्रभा ईङ्गलिस विद्या सदनको हलमा आयोजित प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध मेचीनगरका १२ वटा विद्यालयले सहभागिता जनाएको थियो ।
प्रतियोगितामा मेचीनगर-९ स्थित माँ सरस्वती एजुकेसन फाउन्डेसनकी कृतिका शिवाकोटी प्रथम भइन् । प्रतियोगिताको दोस्रो उपाधि मेचीनगर-१२ स्थित दन्तकाली इङ्लिस बोर्डिङ स्कूलकी श्रुति घिमिरे र मेचीनगर-६ स्थित शान्तिपथ बोर्डिङ् स्कूलकी जिज्ञासा दाहालले हात पारिन् । त्यसैगरी मेचीनगर-९ स्थित आदर्श विद्या मन्दिर  मा. वि. कि दिप्सना पाेख्रेल र मेचीनगर-६ स्थित सुर्याेदय ईङ्गलिस बाेर्डिङ स्कुलका प्रतिक अधिकारी तेस्रो भएका थिए।
मेचीनगर-१५ का वडा अध्यक्ष गुणराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निजी विद्यालयहरुले विद्यार्थीको पढाइ सँगसँगै उनीहरुको क्षमता विकास र प्रतिभा प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो। उहाँले विद्यार्थीहरुले राम्रा राम्रा कविता लेखेर उत्तिकै राम्रोसँगले वाचन पनि गरेकाे देखेर सबै सहभागी विद्यार्थीहरुकाे मुक्त कण्ठले प्रशंसा गर्नुभयाे।
नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठको सभापतित्व तथा  समितिका सचिव तथा शुप्रभा ईङ्गलिस विद्या सदनका प्रिन्सिपल जीवन कट्टेलले सञ्चालन गर्नुभएको कार्यक्रममा श्री सिताराम सामुदायिक अंग्रेजी मा.वि.का संस्थापक सुनिता पाेख्रेल रिजालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बिजेताहरुलाई प्रमुख अथिति मेचीनगर-१५ का वडा अध्यक्ष गुणराज भट्टराई, नेशनल प्याब्सन मेचीनगरका कार्यसमिति सदस्य तथा ECA संयाेजक सुर्याेदय इङ्लिस स्कूलका प्रिन्सिपल शिव मैनालीले पुरस्कार वितरण गर्नुभएकाे थियो । कार्यक्रममा नेशनल प्याब्सनका काेषाध्यक्ष दिपेन्द्र प्रधान, समितिका सदस्य गणेश काफ्ले र कञ्चन गाैतमकाे साथसाथै विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी सबैलाई सहभागिताकाे प्रमाणपत्र तथा बिजेताहरुलाई ट्रफी, पदक र प्रमाणपत्र दिइएको नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठले जानकारी दिनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.