टी-२० विश्वकप आजदेखि सुरू, पहिलो खेलमा श्रीलंका र नामिबिया भिड्दै

A notice in Nepali from Mechinagar Ward No. 10

३० असोज, काठमाडौँ : आजदेखि अष्ट्रेलियामा आठौं संस्करणको टी-२० विश्वकप सुरू हुँदैछ।

१६ टोली सहभागी हुने प्रतियोगिता दुई चरणमा हुनेछ।

पहिलो चरण अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन्।

पहिलो खेलमा श्रीलंका र नामिबियाबीच खेल हुनेछ। खेल नेपाली समय अनुसार बिहान ९: ४५ बजे सुरू हुनेछ। यस्तै दोस्रो खेल नेदरल्याण्ड र युएईबीच दिउँसो १:४५ बजे हुनेछ।

पहिलो चरणको समूह एमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन्। यस्तै समूह बी मा आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् ।

पहिलो चरणका दुबै समूहका शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन्।

पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरू हुनेछन्।

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता हुनेछन्।

त्यस्तै सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् ।

सुपर १२ मा दुबै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

टि२० विश्वकपमा हालसम्म ७ संस्करण सकिँदा ६ टोली च्याम्पियन बनिसकेका छन्। दुई पटक विश्वकप जित्ने एक मात्र टोली वेस्टइन्डिज हो।

२००७ मा भारत, २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्यान्ड, २०१२ मा वेस्टइन्डिज, २०१४ मा श्रीलंका, २०१६ मा वेस्टइन्डिज र २०२१ मा अष्ट्रेलिया टी-२० विश्वकप च्याम्पियन बनेका थिए।

-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.