भारतले दुई हजार दरका नोट चलनबाट हटाउने

A notice in Nepali from Mechinagar Ward No. 10

भारतीय रिजर्व बैंक (आरबीआई) ले मे १९ मा भारु २ हजारको नोट चलनबाट हटाउने निर्णय गरेको छ ।

भारत सरकारले सन् २०१६ को नोभेम्बर देखि जब रु.५०० र रु.१००० दरका पुराना नोटहरुको प्रचलनमा प्रतिबन्ध लगायो त्यस पछि रु.२००० दरका नयाँ नोटहरु प्रचलनमा ल्याएको थियो ।
आरबीआईका अनुसार  रु. २००० दरका नोटहरु आफ्नो बैंक खातामा जम्मा गर्न  वा कुनै पनि बैंकको शाखामा गएर सटही गर्न सकिने जनाएको छ ।
एक पटकमा रु. २००० दरका २०००० हजार बराबरको नोट साट्ने सुविधा २३ मे देखि ३० सेप्टेम्बर सम्म उपलब्ध हुुने भारतीय केन्द्रीय बैंकले जनाएको छ ।

आरबीआईले बैंकहरूलाई तत्काल रु.२००० दरका नोटहरूको कारोबार बन्दगर्न निर्देशन दिएको छ । कालोधन जम्मा गर्नको लागि रु.२००० दरका नोटहरु अधिकमात्रामा प्रयोग भएकोले भारतीय रिजर्भ बैंकले सन् २०१८/०१९ बाट नै रु.२००० दरका नोटहरु निस्कासन गर्न छाडेको थियो ।

भारतीय रिजर्भ बैंकको क्लिन नोट नीति अनुसार रु. २००० दरका नोटहरू चलनचल्तीबाट हटाउने निर्णय गरिएको आरबीआईले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.