विद्यार्थी नेतादेखि प्रतिनिधि सभा सदस्यसम्म

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
६ चैत, मेचीनगर :  झापा भद्रपुरकी सुशीला ढकाल आचार्य, विद्यार्थी र तरुण दलको नेताहुँदैं प्रतिनिधि सभा ‐संसद्) सदस्य बनेकी छन् । सुशीला उनै हुन्, जो राज्य व्यवस्था परिवर्तनका लागि भएका हरेक आन्दोलनको अग्रमोर्चामा सतिससाल झै ठिंग उभिनथिईन् । हाल विर्तामोडमा बस्दैं आएकी ढकाल यस अघिका निर्वाचनमा समेत कहिले प्रत्यक्षतर्फ त कहिले समानुपातिक निर्वाचन प्रणालीमार्फत चर्चामा आउने गरेकी थिईन् । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन -२०८२ मा नेपाली काँग्रेस, समानुपातिक तर्फबाट प्रतिनिधि सभा ‐संसद्) सदस्य बनिन् ।
सुशीला कहिले विद्यार्थी आन्दोलन त कहिले तरुण दलको आन्दोलन अनि कहिले महिला संघ र कहिले सिङ्गो पार्टीले शुरु गरेको आन्दोलनमा निरन्तर जोडिएर आफ्नो उपस्थिति देखाउँथिईन् । पछिल्लो समय मुलुक परिवर्तनको अभियानको एक सशक्त आवाजका रूपमा उनी स्थापित भइसकेकी छन् ।
२०१८ सालमा भोजपुर जिल्लाको याकूविर्तामा पिता लक्ष्मणप्रसाद ढकाल र माता रामरेखा पराजुली ढकालको कोखबाट जन्मेकी सुशीला नेपाली काँग्रेसप्रति आफ्नो परिवारको लगावदेखेरै नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा शुरु गरेको बताउँछिन् । उनका बुबा–काकासहित अन्य परिवारले लामो समय भारतमा निर्वासित जीवन विताएको थियो । यसले पनि उनलाई राजनीतिमा लाग्ने प्रेरणा मिलेको थियो ।

भोजपुरको विश्वप्रेमी माध्यमिक विद्यालयबाट कक्षा १० उतिर्ण गरेपछि उनले भोजपुरकै विद्योदय माध्यमिक विद्यालयबाट २०३८ सालमा एसएलसी परीक्षा उतिर्ण गरीन् । एसएलसी उतिर्ण गरेको दुईवर्षपछि वा २०४० सालमा उनी झापा विर्तामोडका नन्दलाल आचार्यका छोरा रुद्रप्रसाद आचार्यसँग विवाह बन्धनमा बाधिईन् । उनले गृहस्थ जीवनसँगै सामाजिक, राजनीतिक र सांस्कृतिक अभियानलाई निरन्तरता दिँदै आईन् । चुलोचौको र आफ्नो घरायशी कामसहित सामाजिक कामको व्यवस्थापन गर्दै पार्टीमा सक्रिय सुशीला अहिले नेपाली काँग्रेसबाट समानुपातिक सूची मार्फत संघीय सांसदमा सिफारिस भएकी हुन् ।
एसएलसी परीक्षा उतिर्ण गरेपछि दाम्पत्य जीवननसहित विविध कारणले निक्कै पछिबाट मात्र २०४२ -२०४३ सालतिर मात्र उनी झापाको मेची बहुमुखी क्याम्पस भद्रपुरमा उच्च शिक्षाका लागि भर्ना भईन् । उनले सोहि क्याम्पसबाट आफ्नो विद्यार्थी राजनीति यात्राको श्री गणेश गरीन् । राजनीतिक संक्रमण र राजनीतिक परिवर्तनको पाटोलाई नियाल्दै जाने हो भने सुशीलाको राजनीतिक यात्राको सुरुवात पनि यही क्याम्पस र क्याम्पसमा हुने हरेक आन्दोलनबाट सुरु भएको हो । २०४६ सालको आन्दोलन होस् या त २०६२/६३ सालको आन्दोलन नै किन नहोस् । वा यस भन्दा अघिका हरेक आन्दोलनमा सुशीलाको महत्वपूर्ण भूमिका देख्न पाईन्छ । मेची क्याम्पस पढदा पढदै नेपाल विद्यार्थी संघको इकाई कोषाध्यक्ष हुँदैं सुशीलाका काँधमा २०५७ सालमा नेपाल विद्यार्थी संघको मेची अञ्चल संयोजकको जिम्मेवारी प्राप्त भयो । उनको संगठनात्मक यात्रा त्यसबेलादेखि विद्यार्थी राजनीतिबाट सुरु भए पनि २०३५-०३६ सालतिर भएको जनमत संग्रहका बारेमा आफुलाई राम्रै जानकार रहेको बताउँछिन् सुशीला ।
राजाको प्रत्यक्ष नेतृत्वको निरंकुश पञ्चायती ब्यवस्था अन्त्यका लागि २०४६ साल चैत १४ गते मेची क्याम्पसमा नेपाल विद्यार्थी संघले आयोजना गरेको पञ्चायतको पुत्ला जलाउने कार्यक्रममा सहभागी भइरहेको अवस्थामा विद्यार्थी नेता राम थापाको हत्याको प्रत्यक्षदर्शी मात्र होईनन सुशीला उनको उपचारको सक्रियपूर्वक भूमिकामा थिईन् । त्यो घटना अहिले पनि उनको मनश्पटलमा ताजै छ । उनी विद्यार्थी राजनीतिहुँदैं तरुणको राजनीतिमासमेत प्रवेश गरीन् । तरुण दलको उपाध्यक्षको भूमिका निर्वाह गरे पश्चात २०५७ सालमा उनी नेपाल महिला संघको नेतृत्वमा आईन् । संघको झापा जिल्ला सदस्य, सचिवहुँदै नेपाल महिला संघको झापा सभापति समेत बनिन् ।
उनी झापा सभापति बन्दा त्यसबेलाका चर्चित महिला नेतृहरु चेतकुमारी दाहाल, यज्ञकुमारी सटौलालगायत निर्वाचनमा पराजित भए । विद्यार्थी जीवन बाट शुरु भएको उनको राजनीति यात्रा जनवगर्नीय संगठन तरुण र नेपाल महिलासंघ हुँदैं नेपाली काँग्रेसको आठौँ झापा जिल्ला महाधिवेशनबाट सिङ्गो नेपाली काँग्रेस पार्टीभित्र शुरु भयो । उनी आठौं महाधिवेशनमा पर्यवेक्षकका रुपमा सहभागी भईन् । नवौं महाधिवेशनमा
पर्यवेक्षक भईन् । त्यसपछि पार्टीका हरेक गतिविधिमा उनको सक्रियता बढ्दै गयो । १० औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको भूमिकामा उपस्थित भईन् । १२ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्यमा चुनाव लडिन तर परिणाम उनको पक्षमा परेन् । १३ औं महाधिवेशनमा विश्राम लिइएकी सुशीला १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भईन् । त्यसबेला उनीसहित आरजु राणा, मञ्जु खाण,रंगवती शाही, डिला संग्रौला, डिना उपाध्यायसमेत निर्वाचित भए ।
२०६०-०६१ सालतिर तत्कालिन युवराजधिराज पारसको झापा आउने कार्यक्रम थियो । मेची रंगशलामा हुने खेलकुद कार्यक्रममा प्रमुख अतिथिका रुपमा पारस आउने भएपछि

झापा जिल्लाका विभिन्न राजनीतिक दलहरुले त्यस कार्यक्रमलाई अवरोध गर्ने पूर्व तयारी गरेका थिए । त्यसवेलासम्म नेपाली काँग्रेसको आन्दोलन उत्कर्शमा पुगेको थियो । सुधिरकुमार शिवाकोटी, उद्धव थापा दीपक तामाङलगायतका नेता पक्राउ परिसकेका थिए । त्यसकारण पनि नेपाली काँग्रेसकोतर्फबाट सुशीला ढकाल देउकुमार थेवेलगायतको नेतृत्वमा त्यो विरोध कार्यक्रम थियो । त्यसको अग्रमोर्चामा समेत उनै सुशीला थिईन् । त्यसवेला उनी पक्राउ परीन र तीन महिना जेल परिन् ।
अधिकारको अर्थ समानता, स्वतन्त्रता, अवसर, पहुँच, पहिचान र हैसियतको प्रयोगमा बराबरीको हिस्सा हो भन्ने सुशीला सदियौँदेखि चलिरहेको महिला अधिकार आन्दोलनमा अहिले पनि उत्तिकै सक्रिय छन् । हरेक अभियानमा सक्रियता देखाउँदै विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान दिएकी सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा लामो अनुभव बटुलेकी सुशीला हाल नेपाली काँग्रेसबाट समानुपातिक सांसद बनेकी छन् । महिला सशक्तिकरण र सामाजिक सेवालगायत अन्य भूमिकामा सक्रिय ढकालले संसदमा महिला अधिकार, नागरिकका आवश्यकता र परिवर्तनका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
घरदेखि समाज हुँदै राज्यका हरेक क्षेत्र, तह र संरचनामा महिलालाई पुर्याउने , महिला भएकै कारण हुने जुनसकै विभेद, अन्याय र हिंसाबाट मुक्त, समग्रमा महिलाको मानव अधिकारको प्रत्याभूति गराउँदैं महिला सशक्तीकरण आफ्नो पहिलो प्राथमिकता भएको उनले बताईन् ।

राज्यको मूल कानुन संविधानमै महिलाकासम्बन्धमा व्यवस्था भएको हुँदा महिला अधिकारको सवाल सम्बोधन गरिए पनि तर यसरी व्यवस्था गरिएका कुरा महिलाको जीवनमा प्रयोग गर्ने सन्दर्भमा किन अड्चन भइरहेको छ ? अथवा किन कार्यान्वयन हुन सकिरहेको छैन भन्ने सवाल नै आफ्नो महत्वपूर्ण विषय बन्ने सुशीलाले बताईन् ।
नेपाल महिला संघको केन्द्रीय सभापतिको समेत जिम्मेवारी सम्हालेकी सुशीलाले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताईन् । उनले भ्रष्टाचारजन्य कार्यमा शून्य सहनशीलता र सुशासनको सुनिश्चितता प्रतिपक्षमै बसे पनि आफ्नो दायित्व र कर्तव्य भएको बताउँदै यसमा आफू प्रतिबद्ध भएर लाग्ने बताईन् । भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता नेपाली काँग्रेसको पहिलो कर्तव्य र दायित्व हो । आफूले भ्रष्टाचारका विषयलाई शून्य सहनशीलताको रूपमा लिएको छु । सुशासनको सुनिश्चितता हामी गर्न चाहन्छौं उनले भनिन् ।
सुशासन र आर्थिक, सामाजिक सुधारका काममा सक्रिय भएर लाग्ने र उद्योगी व्यवसायीहरुलाई काम गर्ने वातावरण बनाउने बताईन् । नेपालका बन्द भएका कलकारखानलाई सञ्चालन गरेर हरेक उद्यागी व्यवसायीलाई लगानीको वातावरण सिर्जना गर्नेको सुशीलाको भनाई छ । हाल बन्द र रूग्ण अवस्थामा रहेका सरकारी स्वामित्वका उद्योग चलाउनेतर्फ पहल गर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.