११ मंसिर, झापा : नेपाली कांग्रेस झापाको जारी मतगणनामा सभापति पदमा राम कट्टेलले फराकिलो अग्रता कायमै राखेका राखेका छन् ।
९०० मत गणना हुँदा सभापतिका उम्मेद्वार कट्टेलले ५४३ मत र अर्का उम्मेद्वार देउमान थेबेले ३५० मत प्राप्त गरेका छन् ।
यसैगरी, उपसभापतिमा प्रेम सम्बाहाम्फे र केशवराज पाण्डेले अग्रता लिएका छन् । सम्बाहाम्फेले ५१५ र पाण्डेले ४१२ मत पाएका छन् ।
उपसभापतिका अरु उम्मेद्वार शमशेर गिरीले ३३८ र शेरबहादुर भट्टराईले ३५३ मत पाएका छन् ।
सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ५७१ र राजबंशीले ४८१ मत पाएका छन् ।
सचिवका उम्मेद्वार नविन बिमलीले ३५१ र कृष्ण हुमागाईले २९३ मत पाएका छन् ।
त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ५५१ र प्रसाईले ४८३ मत पाएका छन् ।
अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ३२४ र कालेन्द्र प्रसाद राजबंशीले ३२५ मत पाएका छन् ।
निर्वाचनमा ३ हजार ३ सय ३५ जना मतदाता थिए । अहिले मत गणना जारी रहेको छ ।


























