नेपाली कांग्रेस अधिवेशन झापा अपडेट : सभापतिमा राम कट्टेलकाे अग्रता कायमै

उपसभापतिमा प्रेम सम्बाहम्फे र केशवराज पाण्डे अगाडि

A notice in Nepali from Mechinagar Ward No. 10

११ मंसिर, झापा : नेपाली कांग्रेस झापाको जारी मतगणनामा सभापति पदमा राम कट्टेलले फराकिलो अग्रता कायमै राखेका राखेका छन् ।

७०० मत गणना हुँदा सभापतिका उम्मेद्वार कट्टेलले ४२७ मत र अर्का उम्मेद्वार देउमान थेबेले २६८ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपसभापतिमा प्रेम सम्बाहाम्फे र केशवराज पाण्डेले अग्रता लिएका छन् । सम्बाहाम्फेले ४०२ र पाण्डेले ३३३ मत पाएका छन् ।

उपसभापतिका अरु उम्मेद्वार शमशेर गिरीले २९१ र शेरबहादुर भट्टराईले २७० मत पाएका छन् ।

सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ४४६ र राजबंशीले ३८२ मत पाएका छन् ।

सचिवका उम्मेद्वार नविन बिमलीले २७१ र कृष्ण हुमागाईले २२५ मत पाएका छन् ।

त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ४४२ र प्रसाईले ३८१ मत पाएका छन् ।

अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले २५४ र कालेन्द्र प्रसाद राजबंशीले २५७ मत पाएका छन् ।

सभापतिसहित पदाधिकारीका लागि शुक्रवार मतदान भएको थियो । मतगणना सोही साँझदेखि सुरु भएको थियो । अन्तिम मतपरिणाम शनिवार अबरेसम्ममा आउने अनुमान गरिएको छ ।

निर्वाचनमा ३ हजार ३ सय ३५ जना मतदाता थिए । अहिले झापा क्षेत्र नं. १ र ५ को मत गणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.