नेपाली कांग्रेसको फागुनमा हुने महासमितिको बैठकले नीति अधिवेशनको काम गर्ने-केन्द्रीय सदस्य मधु आचार्य

A notice in Nepali from Mechinagar Ward No. 10

१५ माघ, झापा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं समुदायका कांग्रेस अभियानका लागि झापा प्रतिनिधि मधु आचार्यले नेपाली कांग्रेसले नीति अधिवेशन अगाडि समुदाय एवं कार्यकर्ताको धारणा बुझेर पार्टीका योजना बनाउने बताउनुभएको छ ।
नेपाली कांग्रेस निकट विर्तामोड क्षेत्रका व्यवसायीहरुसँग जिल्ला पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले आगामी फागुनमा हुने महासमितिको बैठकले नीति अधिवेशनको काम गर्ने बताउँदै यसअघि पार्टी र सरकारप्रति समुदायको धारणा बुझ्न अभियान सञ्चालन गरिएको बताउनुभएको हो ।
‘अब भएन भन्ने कुरामा अल्झिनुहुँदैन । राजनीतिप्रतिको नेगेटिव भाइब्रेट हटाएर सकारात्मक भाइव्रेटको शुरुवात गर्न जरुरी छ’–नेता आचार्यले भन्नुभयो–‘अब भएन मात्रै होइन, पार्टी र सरकारका योजना राम्रा र जनअपेक्षा पुरा गर्न के गर्नुपर्छ ? भन्ने सुझाव समुदायले लिनुप¥यो, तिनै सुझावहरुलाई समेटेर नीति अधिवेशनले पार्टीका योजना बनाउँछ ।’ आगामी फागुनमा हुने महासमिति सदस्यको बैठकले नीति अधिवेशनको काम गर्ने उहाँले दोहो¥याउनुभयो ।
नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका कोशी प्रदेश सदस्य मिरा खड्का, जिल्ला सचिव कृष्ण हुमागाई, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, जिल्ला सदस्य सुरेश वंशल, ध्रुव सुवेदी, सन्तोष उप्रेती, तिलरुपा श्रेष्ठ, पुष्पलाल चौधरी, बलराम कार्की, तेजप्रसाद लिम्बू, एम.डी सर्फराज शेख, याम भुजेल, इन्द्रजित चौधरी, महासमिति सदस्य राधा सुब्बा, अनोज खड्का २ क्षेत्रीय सभापति खगेन्द्र मैनाली, सचिव रामबाबु धिमाल, उद्योग बाणिज्य संघ विर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी, पूर्व अध्यक्ष राजेन्द्र थापा, मोहन ढकाल, नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय सभापतिहरु किरण श्रेष्ठ, लक्ष्मी आचार्य लगायत उद्योगी–ब्यवसायीहरुको सहभागिता रहेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.