नेपाली काँग्रेस झापाको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१० मंसिर, झापा : नेपाली काँग्रेस झापाको नयाँ नेतृत्वका लागि आज निर्वाचन सम्पन्न भएको छ । मतगणना आजै सुरु हुने बताइएको छ ।

बिर्तामोडको अनारमनी पब्लिक क्याम्पसमा विहान ८ बजेदेखि मतदान भएको थियो ।

निर्वाचन समितिका केन्दीय प्रतिनिधि सुबोधबाबु चिलवालका अनुसार निर्वाचनमा ३ हजार ३ सय ३५ जना मतदाता थिए ।
निर्वाचनमा पार्टीको नेतृत्वका लागि दुई प्यानलले प्रतिष्पर्धा गरिरहेका छन् ।

जिल्ला सभापति पदमा राम कट्टेल र देउकुमार थेबेले उम्मेद्वारी दिएका छन् । उनीहरुले पदाधिकारीमा आफ्नो प्यानल बनाएका छन् ।

थेबेको टीममा उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवमा कृष्णप्रसाद हुमागाई र नविन बिमली, सहसचिवमा कालेन्द्रप्रसाद सिंह राजवंशी र कमलप्रसाद भण्डारी उम्मेद्वार बनेका छन् ।

यस्तै कट्टेलको प्यानलबाट उपसभापतिमा प्रेम सम्बाहाम्फे (लिम्बु) र शमशेर गिरी (केदार), सचिवमा विश्वदीप लिम्बु (लिङ्देन) र टुमलाल राजवंशी, सहसचिवमा पदम लिम्बु (निङलेखु) र उमाराम प्रसाई उम्मेद्वार बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.