एमाले मेचीनगरको मतदान सम्पन्न : नतिजा भोलि आउने

A notice in Nepali from Mechinagar Ward No. 10

२५ चैत्र, काँकरभिट्टा : नेकपा एमाले मेचीनगरले स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयर पदका आकांक्षी उम्मेद्वारहरु छान्न चुनाव गराएको छ ।

शुक्रबार काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा एमाले मेचीनगरले मेयर र उपमेयर पदका आकांक्षी उम्मेद्वारहरुको आन्तरिक निर्वाचन गराएको हो ।

एमाले मेचीनगर कमिटि, नगर इन्चार्ज, वडा इन्चार्ज, १५ वटै वडा कमिटिका सदस्यहरुले निर्वाचनमा भाग लिएका थिए ।

मेचीनगरका कुल ६५० मतदाता मध्ये ५७६ जना सदस्यहरुले मतदान गरेको निर्वाचन समितिका संयोजक पदम डाँगीले जानकारी दिए ।

२ वटा व्यालेट बक्समा राखिएका मतपत्र एमाले जिल्ला पार्टी कार्यालय पठाइएको छ । झापाभरिका पालिकाका मतपत्र पार्टी कार्यालयमा राखिएको छ । केहि ठाउँका पालिकाको मतगणना भइरहेको छ । शनिवार दिउँसो सम्ममा नतिजा आउने निर्वाचन समितिले जनाएको छ ।

मेयरमा ७ र उपमेयर पदमा ७ जना उम्मेद्वारको रुपमा आकांक्षी देखिएका छन् ।

मेयर पदमा प्रदेश १ का सांसद एवम् एमाले प्रदेश कमिटि सदस्य गोपालचन्द्र बुढाथोकी, एमालेकी केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेती, एमाले क्षेत्र नम्बर १ का संयोजक एवम् तत्कालिन काँकरभिट्टा गाविसका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर इन्चार्ज देवकुमार राई, क्षेत्र नम्बर १ ‘क’ का पूर्व अध्यक्ष बन्धनकुमार मुण्डा, अनेमसंघकी केन्द्रीय सदस्य लता प्रसाई र एमाले प्रदेश कमिटि सदस्य एवम् तत्कालिन बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष निलकण्ठ तिवारी आकांक्षी देखिएका हुन् ।

त्यस्तै, उपमेयर पदमा एमाले जिल्ला सदस्य रमा भण्डारी ढकाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् एमाले जिल्ला सदस्य मोहन काजी, एमाले जिल्ला सदस्यहरु सविता दाहाल पोखरेल, कल्पना ओली सिटौला, पुष्पा भण्डारी, कृष्ण कनाल र मेचीनगर सचिवालय सदस्य एवम् मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना आकांक्षी देखिएका छन् ।

उपमेयरकी आकांक्षी उम्मेद्वार रेणुका डाँगी उप्रेतीले उम्मेद्वारी फिर्ता लिएकी एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलले बताए ।(लोकतन्त्रपोष्टबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.