नेपाली काँग्रेस क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी र गोपाल तामाङ्गबीच प्रतिस्पर्धा हुने

A notice in Nepali from Mechinagar Ward No. 10

 ५ मंसिर, मेचीनगर : नेपाली कांग्रेस झापा क्षेत्र नं. १ को सभापति पदमा इन्द्रबहादुर बुढाथोकी र गोपाल तामाङ्गबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

इन्द्रबहादुर बुडाथोकी, क्षेत्रीय सभापति पदको उम्मेद्वार

सहायक मतदान अधिकृत ज्ञानेन्द्र निरौलाका अनुसार मतदान अधिकृतको कार्याललयले आज उम्मेद्वारी दर्ता भएका उम्मेद्वारहरुको अन्तिम सूची प्रकाशित गरिसकेको छ ।

जस अनुसार धुलावारीका बुढाथोकी र काँकरभिट्टाका तामाङ्गको क्षेत्रीय सभापति पदमा उम्मेद्वारी परेको छ ।

निरौलाका अनुसार दुई जना सचिव पदका लागि ६ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

उनीहरुमा अजयकुमार घिमिरे, खगेन्द्र बिष्ट, गुणराज भट्टराई (राजन), लावण्यकुमार पोखरेल, सुरेन्द्र बुढाथोकी र हस्त आङ्देम्बे रहेका छन् ।

दुई जना सहसचिव पदमा उत्तमकुमार राजबंशी, कृष्णबहादुर सुबेदी, खगेन्द्रबहादुर गिरी, दिपक काफ्ले, पार्वती मल्ल र राजु आचार्यको उम्मेद्वारी दर्ता भएको छ ।

कांग्रेसको विधान अनुसार क्षेत्रीय उपसभापति पदको निर्वाचन हुँदैन । प्रदेश क र खका सभापतिहरु नै स्वतः निर्वाचन क्षेत्रस्तरीय समितिको उपसभापति हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.