ताप्लेजुङमा अनिश्चितकालीन यातायात बन्दको घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

फागुन ८, ताप्लेजुङ : ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रा.लि. ले आज राति १२ बजेबाट अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ।

पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा भएको आन्दोलनका क्रममा झडप हुँदा यातायात मजदूरमाथि आक्रमण भएको भन्दै यातायात व्यवसायीहरूले सार्वजनिक सवारी साधन सञ्चालन रोक्ने निर्णय गरेका हुन्। झडपमा गाडी तोडफोड, चालक तथा मजदूर कुटपिट भएको भन्दै व्यवसायीहरूले घटनाको निन्दा गरेका छन्।

यातायात व्यवसायीहरूका अनुसार, सरकारले दोषीमाथि कारबाही नगरेसम्म तथा यातायात मजदूरहरूको सुरक्षामा ध्यान नदिएसम्म बन्द जारी रहनेछ। ताप्लेजुङका मुख्य तथा शाखा सडकहरूमा सार्वजनिक यातायात सेवा ठप्प रहने जनाइएको छ।

यद्यपि, एम्बुलेन्स, दमकल, दूध र तरकारी बोक्ने गाडीहरू भने बन्दको प्रभावबाट मुक्त रहने यातायात व्यवसायीहरूले बताएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.