आयाे बेलायतबाट मेचीनगरलाई ६ लाख रूपैयाँबढीका स्वास्थ सामाग्री

A notice in Nepali from Mechinagar Ward No. 10

काँकडभिट्टा , १८ असार/ द गाेर्खा मेमाेरियल फाउन्डेसन युकेले झापाकाे मेचीनगर नगरपालिकालाई करीव ६ लाख रूपैयाँ बढि मूल्य बराबरका स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएकाे छ ।

फाउन्डेसनका अध्यक्ष एवम् वेलायतकाे फाेक्सटन सिटीका पुर्व काउन्सिलर धनकिरण गुरूङकाे पहलमा अक्सिजनसहितका ठुलाे खाले सिलिण्डर ३० थान तथा मास्क र सेनपटाईजरसहित ६ लाख ४ हजार रूपैयाँ मुल्यका सामान नेपाल आईसकेकाे छ । पुर्व काउन्सिलर गुरूङ मेचीनगर – ६ काँकडभिट्टास्थित पुरानाे भन्सारका स्थायी बासिन्दा हुनुहुन्छ ।

फाउन्डेसनकाे नेपाल शाखाकाे समन्वयमा प्राप्त सवै सामाग्री आज शुक्रबार दिउसाे साढे ११ बजे नगरपालिकाकाे सभाकक्षमा एक कार्यक्रम आयाेजना गरि द गाेर्खा मेमाेरियल फाउन्डेसनकाे प्रतिनिधित्व गर्दै द गाेरखा फाउन्डेसन नेपाल शाखाका अध्यक्ष नगेन्द्र गुरूङसहितकाे प्रतिनिधि मण्डलले नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पाेखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझालाई हस्तान्तरण गर्ने याेजना छ ।

द गाेर्खा फाउन्डेसन युकेले यसअघि पनि मेचीनगर नगरपालिकालाई विपद् व्यवस्थापनका धेरै सामाग्री उपलब्ध गराएकाे फाउन्डेसन नेपाल शाखाका महासचिव जगत गुरूङले जानकारी दिनुभयाे । मेचीनगर नगरपालिका र वेलायतकाे फाेक्सटन सिटीबीच भगिनी सम्बन्ध कायम भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.