मजदुर नेता लिवाङको कोभिडका कारण निधन

A notice in Nepali from Mechinagar Ward No. 10

झापा, १५ जेठ / विगत दुईसातादेखि पूर्णटुङग बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचाररत नेपाल यातायात मजदुर संघ प्रदेश १ का उपाध्यक्ष देउमान लिवाङको शनिबार मृत्यु भएको छ । नेपाली काँग्रेस झापाका सभापति उद्घव थापाले लिवाङको मृत्यु भउको पुष्टि गर्नुभएको छ । स्वर्गीय लिवाङ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुनुहुन्थयो ।
उहाँमा कोभिडको संक्रमण देखिएपछि उपचारका लागि पूर्णटुङग बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको र उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
लिवाङको निधनले पार्टीले निष्ठावान र जुझारु नेता गुमाएको काँग्रेस झापाले जनाएको छ । सभापति उद्धव थापाले समाजिक सञ्जाल फेसबुकमा ‘कोभिडजस्तो प्राणघातक रोगको कारण लिवाङको उपचारकै क्रममा भएको निधनले पार्टी पंक्ति स्तब्ध र मर्माहत बनेको छ। शोकको यस घडीमा आत्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारमा नेपाली कांग्रेस झापा समवेदना व्यक्त गर्दछ।’ पोस्ट गर्नुभएको छ ।
त्यस्तै दमक नगरपालिका–५ का ७४ वर्षीय बृद्धको दमक अस्पतालमा बिहान मृत्यु भएको छ । उनलाई जेठ ५ गते संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.