राेटरी क्लव अफ काँकडभिट्टाद्वारा अक्सिजन कंसंट्रेटर हस्तान्तरण

A notice in Nepali from Mechinagar Ward No. 10

काँकडभिट्टा , १७ असार | रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाले झापाको मेचीनगर नगरपालिकालाई दुईवटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरेको छ ।

विहीबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित ‘अक्सिजन कन्सन्ट्रेटर’ वितरण कार्यक्रममा क्लबका सन् २०२१/२०२२ का नवनिर्वाचित अध्यक्ष रोहितकुमार बुढाथोकी निवर्तमान अध्यक्ष कृष्णकान्त ‐नवराज) खनियाले प्रदान गरेको ‘अक्सिजन कन्सन्ट्रेटर’ नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख आचार्यले रोटरीले कोभिडको महामारीका बखत यसको नियन्त्रण र रोकथाममा खेलेको भूमिकाका बारेमा चर्चा गदैं रोटरीले समाजको स्वास्थय, शिक्षा, वातावरण, विश्वशान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार, तथा रोकथाम ,आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारितलगायत आर्थिक विकासका क्षेत्रमा रोटरीले गरेको कामको समेत नगरप्रमुख आचार्यले तारीफ गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गदैं क्लबका अध्यक्ष बुढाथोकीले आम्दा मेची अस्पताल धुलावारीमा अक्सिजन प्लान्टको निर्माण कार्य पुरा गर्ने, स्थानीय निकायहरु संगको सहकार्यमा सामाजिक कार्यहरुमा जोड दिने,आवश्यकता अनुसारको विभिन्न स्वास्थ्य शिविर तथा अन्तरक्रिया कामहरु गर्ने,शिपमुलक तालिमहरुलाई निरन्तरता दिने, शिक्षा तथा वातावरण क्षेत्रहरुमा विभिन्न कामहरु गर्नेलगायत अन्य सामाजिक क्षेत्रमा काम गर्ने भावी योजना रहेको जानकारी गराउनुभयो । प्रेसिडेण्ट इलेक्ट सुजन प्रधानले कार्यक्रममा सहभागी सवैलाई स्वगत गदैं औचित्यमाथि प्रकाश पार्नुभएको पव्लिक रिलेसन चियर शरद खनालले बताउनुभयो । कार्यक्रमको सञ्चालन क्लबका सचिव उदयकुमार श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.