आधुनिक बचत सहकारीकाे वार्षिक साधारणसभा सम्पन्न : विभिन्न व्यक्तिहरु सम्मानित

A notice in Nepali from Mechinagar Ward No. 10

२७ पौंष, मेचीनगर : झापाकाे मेचीनगर स्थित काँकरभिट्टामा रहेकाे आधुनिक बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्तिहरलाई सम्मान गरेको छ । बुधवार काँकडभिट्टा खानेपानी सभा हलमा सम्पन्न संस्थाको ११ औं साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी र जेष्ठ नागरिकलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरु राजु पोखरेल, तोरणकुमार खड्का, रेणुका महतो, टिकाराम श्रेष्ठ र सहवती राजवंशीलाई सम्मान गरिएको थियो । साधारण सभाले उत्कृष्ट ऋणीमा देवकुमारी देवान सुब्बा, लक्ष्मी प्रधान, जमुनादेवी दाहाल, तारा गिरी र झरीदेवी राजवंशीलाई नगदसहित सम्मान गरिएको हो । त्यसैगरी कार्यक्रममा उत्कृष्ट कर्मचारीहरु माधव भट्टराई र तब्बु थापालाई सम्मान गरेको हो । भेलाले ज्येष्ठ नागरिकहरु कृष्णप्रसाद आचार्य, ओमप्रकाश बंशल, दानबहादुर तामाङ, जगमाया खड्का र सोना मन्डीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङले सहकारी सिद्धान्तबाट बाहिर गएर संस्था सञ्चालन भए कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने भएकाले त्यसतर्फ सञ्चालकहरु बेलैमा चनाखो हुने पर्ने बताए।

प्रमुख अतिथि तामाङले सरकारले सहकारीलाई देशको तीनखम्बे अर्थ नीतिमा समावेश गरेका कारण देशको अर्थतन्त्रमा सरकारी र नीजिक्षेत्रको भन्दा बढि योगदान सहकारीको रहेको बताउँदैं सरकारी,सहकारी र नीजिक्षेत्रले देशको अर्थतन्त्रमा निक्कै टेवा पुर्याएको उनले बताए । कार्यक्रममा संस्थाका सल्लाहकार तथा मेचीनगरका निवर्तमान नगर प्रमुख विमल आचार्य, महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, समाजसेवी डिल्लीराम घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका उपाध्यक्ष मेदनीप्रसाद खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कमल थापाले गरेका थिए । साधारण सभाले नयाँ सञ्चालक समिति समेत चयन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.