मेलम्चीको पानी जेठ १ देखि बन्द

A notice in Nepali from Mechinagar Ward No. 10

मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण कार्य जेठ १ गतेदेखि बन्द हुने भएको छ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स एवं सुरूङको बाँकी मर्मत कार्यका लागि पानी पथान्तरण स्थगित गर्न लागिएको हो।

यस वर्ष वर्षायाम सकिएलगत्तै पानी पथान्तरण गर्नु परेका कारण बाढीले पुर्‍याएको क्षतिको मर्मत गर्न नपाइएको भन्दै आयोजनाले पानी वितरण रोक्नुपरेको जनाएको छ। आयोजनाको हेडवर्क्समा २०७८ सालको बाढीले क्षति पुर्‍याएको थियो।

परामर्शदाताका अनुसार मर्मतका लागि ८ देखि १५ दिनसम्म लाग्ने भएकाले सो अवधिभर पानी वितरण स्थगित हुने आयोजनाले जनाएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी बन्द हुँदा वितरण गरिने पानीको मात्रामा कमी हुने भन्दै खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.