एलपी ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

बिक्रीपछि बिलबिजक जारी नभएको गुनासो बढेपछि नेपाल आयल निगमले सबै ग्यास उद्योगहरूलाई कडा निर्देशन जारी गरेको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
नेपाल आयल निगमको लोगो र एलपी ग्यास सिलिन्डरहरू
पढ्न लाग्ने समय: २ मिनेट • कुल शब्द: २३४

📌 मुख्य बुँदाहरू:

  • नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न निर्देशन दिएको छ।
  • निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै यो व्यवस्था कडाइका साथ लागू गर्न भनेको हो।
  • विभागका निर्देशक विनितमणि उपाध्यायद्वारा जारी पत्रमा उद्योगबाट नियुक्त बिक्रेताले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल दिनुपर्ने उल्लेख छ।
  • निगमले यसअघि पनि विसं २०८१ साउन ३० र माघ १० गते यस्तै निर्देशन दिएको थियो।

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ। बजारमा ग्यास बिक्रीपछि बिलबिजक जारी नगरिएको गुनासो बढेसँगै निगमले यो कदम चालको हो।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। विभागका निर्देशक विनितमणि उपाध्यायले हस्ताक्षर गरेको पत्रमा उद्योगबाट नियुक्त आधिकारिक बिक्रेताहरूले समेत उपभोक्तालाई ग्यास बिक्री गरेपश्चात भ्याट बिल दिनुपर्ने व्यवस्था मिलाउन भनिएको छ।

यसअघि पनि दिएको थियो निर्देशन

निगमले यससम्बन्धी नियमलाई कडाइका साथ पालना गराउन ताकेता गरेको यो पहिलो पटक भने होइन। यसअघि पनि निगमले विसं २०८१ साउन ३० गते र २०८१ माघ १० गते ग्यास कारोबारमा अनिवार्य भ्याट बिल जारी गर्न निर्देशन दिएको थियो। तरपनि बजारमा यसको पूर्ण कार्यान्वयन नभएको गुनासो आएपछि निगमले पुनः पत्र काटेर नियम पालना गर्न सचेत गराएको हो।

📄 प्रेस विज्ञप्ति / सूचना

ग्यास उद्योगलाई आयल निगमको पत्र, ‘अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउनू’
📄 ग्यास उद्योगलाई आयल निगमको पत्र, ‘अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउनू’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.