फउण्डेशनद्वारा ३० घरलाई राहत प्रदान

चाडपर्वको मुखैमा राहत पाएपछि सर्वसाधारणमा खुशी

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा | नोवल कोरोना भाइरस कोभिड १९ का कारण समस्यामा परेका झापा मेचीनगरका ३० घरपरिवारलाई शनिबार द गोर्खा मेमोरियल फउण्डेशन नेपाल शाखाले राहत स्वरुप ५० हजार रुपैयाँबढीको खाद्य सामाग्री वितरण गरेको छ । चाडपर्वको मुखैमा राहत पाएपछि सर्वसाधारणमा खुशी व्यक्त गरेका छन् ।

मेचीनगरमा आयोजित राहत वितरण कार्यक्रमा द गोर्खा मेमोरियल फउण्डेशन वेलायतको सहयोगमा नेपाल शाखाले मेचीनगरका विभिन्न वडाका अति विपन्न र विहान बेलुकाको गुजरा चलाउन समस्यामा परेका ३० घर परिवारलाई ५७ हजार रुपैयाँ मूल्य बरबारको खाद्य सामाग्री वितरण गरेको हो ।

नेपाल शाखाले एकघर परिवरालाई ३० केजी चामल, १ ÷१ केजीका दरले दाल, नुन, सोयाविन १ लिटर खानेतेल र १ ÷१ वटा नुहाउने र लुगा धुने सावुन प्रदान गरेको उपाध्यक्ष गंगालाल गुरुङ्गले जानकारी दिनुभयो । अध्यक्ष नगेन्द्रकुमार गुरुङ्गले कार्यक्रमको अध्यक्षता गदैं ६७ वर्षीया वृद्घालाई राहत सामग्री प्रदान गरी कार्यक्रमको विधिवत उद्घाटन गर्नुभएको थियो । त्यसपछि फाउण्डेशनका अन्य पदाधिकारीहरुले क्रमस राहत प्रदान गर्नुभएको थियो ।

कोभिडका कारण अहिले कलकारखाना, उद्योग, यातायातलगायत सवैक्षेत्र बन्द भएकाले त्यसमा आश्रित नगरका विभिन्न मानिसहरुलाई विहान बेलुका घरको चुल्हो बाल्नै समस्या परेका बखत थोरै भएपनि फाउण्डेशनकातर्फबाट राहत प्रदान गरिएको सदस्य कल्पना गुरुङ्ग नानुले जानकारी दिनुभयो । उहाँका अनुसार एक घर परिवार बराबर १ हजार ९ सय रुपैयाँ मूलय बराबरको खाद्य सामाग्री प्रदान गरिएको हो । राहत प्राप्त गरे पछि राहत लिन आउनेहरुले फाउण्डेशनले यस्तो चाडपर्वका बखत आफ्नो निभ्न लागेको चुल्हो बाल्न सहयोग गरेको भन्दैं फाउण्डेशनको प्रशंसा गरेका थिए ।

फाउडेशनका उपाध्यक्ष गंगालाल गुरुङ्ग, महासचिव जगत गुरुङ्ग, सचिव प्रकाश गुरुङ्ग, कोषाध्यक्ष राजेन तामाङ्ग तथा सदस्यहरु पवन उप्रेती, सन्तबहादुर तामाङ्ग, कल्पना गुरुङ्ग नानु, कुमारी गुरुङ्ग, सुरेन्द्र बुडाथोकी, सुभास गुरुङ्ग देवेन्द्र कार्कीलगायतले राहत सामाग्री प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.