झापामा आगलागी निभाउने क्रममा दुई फायरमेन जलेर घाइते

A notice in Nepali from Mechinagar Ward No. 10

झापा । आगो निभाउने क्रममा बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित दमकलका दुई फायरमेन घाइते भएका छन् ।

आगलागी नियन्त्रणका लागि गएको बारुणयन्त्रमा कार्यरत २ जना कर्मचारी घाइते भएका हुन् । घाइते हुनेहरुमा बिर्तामोड-६ घर भएका सञ्जीब मेचे र गणेश बास्की रहेका छन् ।

बिर्तामोड-७ का हरि पाण्डेको परालको कुन्युमा आगलागी भएको हो । आगलागी नियन्त्रणको लागि बिर्तामोड नगरपालिकाको दमकल गएको थियो । दमकलले आगो निभाउँदै गर्दा जेसिबीले पराल पल्टाउने हुँदा आगोको मुस्लो ती फायरमेनमाथि परेको थियो ।

आगलागीमा परी मेचेको अनुहार डढेको छ । उनलाई बचाउन जाँदा बास्कीको पनि हात डढेको बारुणयन्त्र कार्यालयका नवीन मेचेले बताए । दुवैलाई उपचारका लागि विर्तासिटी हस्पिटल लगिएको थियो । सामान्य घाइते बास्की उपचारपछि फर्किएका छन् भने मेचेको उपचार भइरहेको छ ।

मंगलबार बिर्तामोडको तीन ठाउँमा आगलागी भएको थियो । बिर्तामोड-३ र १० मा पनि परालको कुन्युमा नै आगलागी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.