१७ असार, मेचीनगर: अन्तर्राष्ट्रिय रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकडभिट्टाको सन् २०२५/२०२६ को अध्यक्षको जिम्मेवारी जुलाई १ तारिख मंगलबारबाट उदयकुमार श्रेष्ठले सम्हालेका छन् ।
उनलाई रोटरी डिस्ट्रिक्ट ३२९२ रिजन ७ को सहसचिव सुजन प्रधानले कलर पहिर्याईदिए पछि अध्यक्ष श्रेष्ठले बैठक कल गरेका थिए ।
सञ्चार तथा पर्यटन उद्यमी समेत रहेका श्रेष्ठको पद हस्तान्तरण कार्यक्रम भने अगामी जुलाई ८ तारीख (२०८२ असार २४ गते) होटल मेची क्राउनमा गर्ने योजना सार्वजनिक भएको छ । मंगलबार मेचीनगर-६ काँकरभिट्टास्थित होटल ग्रेसमा आयोजित सन् २०२५/२०२६ को नियमित साप्ताहिक बैठकसँगै अतिथि वक्ताको विचार कार्यक्रमको अध्यक्षता अध्यक्ष श्रेष्ठले गरेका थिए ।
अध्यक्ष श्रेष्ठ हव डिजिटल मिडिया प्रालिका अध्यक्ष, नेपाल एशोसिएशन टुर एण्ड ट्राभल नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष हुन् ।
अतिथि वक्ताका रूपमा रहेका अमेरिकाको इडाहो राज्यस्थित बोइस स्टेट युनिभर्सिटी भौतिकाशास्त्रका सहप्राध्यापक डाक्टर लक्ष्मण मैनालीले आफ्नो विगतदेखि वर्तमानसम्मको उपलब्धिका विषयमा विचार राखेका थिए ।
झापा मेचीनगर-६ काँकरभिट्टाका स्थायी बासीन्दा डाक्टर मैनालीले शल्यक्रियाबिनै मोतियाबिन्दुको उपचार सम्भव तुल्याउन अध्ययन गरेका थिए । आँखाको लेन्समा पाइने अल्फा–क्रिस्टालिन प्रोटिनको मोतियाबिन्दु निर्माणमा रहेको भूमिकालगायत थुप्रै सम सामयिक विषयमा उनले अनुसन्धान गरेका छन् ।
अनुसन्धानका लागि सञ्चालन गरिएका प्रयोगशालामा रहेका सामाग्रीको गुणस्तर तथा मुल्यका विषयमा चर्चा गदैं डाक्टर मैनालीले नेपाल र अमेरिकामा त्यस्ता सामानको विश्वशनियताका बारेमा चर्चा गरे ।
क्लबका पूर्व अध्यक्षहरू राजु महर्जन, मोहन निरौला, कृष्णकान्त (नवराज) खनियाँ, दिलीप सुवेदी, अशोक श्रेष्ठ, सुजन प्रधान, सन् २०२५/०२६ का युथ चियर पेमा तामाङ, रोट्याक्ट क्लब काँकरभिट्टाका पूर्व अध्यक्ष विनम सरदार, सन् २०२५/०२६ का अध्यक्ष र विशाल तामाङ, र दीपक खतिवडा लगायतले राखेको जिज्ञशाको डाक्टर मैनालीले जवाफ दिएका थिए ।
सन् २०२५/०२६ का सचिव रविन सुवेदीले सञ्चालन तथा सन् २०२५/०२६ का प्रेसिडेन्ट ईलेक्ट लक्ष्मीदेवी खनियाँले स्वागत गरेको कार्यक्रममा सहभागी सवैलाई शब्द मार्फत सन् २०२५/०२६ का उपाध्यक्ष कृष्णराज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।
अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा रोटरीले निक्कै उपलब्धिमुलक काम गर्ने बताए ।


























