काँकरभिट्टामा विविध कार्यक्रमसहित देवकोटा जयन्ती मनाईँयो

योगमायालाई नगदसहित सम्मान

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, २९ कात्तिक | महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती शनिबार झापाको मेचीनगरमा विविध कार्यक्रमका साथ मनाइएको छ । मेचीनगर— ६ मा रहेको महाकवि देवकोटा पार्कमा रहेको महाकवि देवकोटाको पूर्णकदको शालीकमा माल्यपर्ण, देवकोटाको जीवनी तथा उहाँले नेपाली भाषमा पुर्याएको योगदानको चर्चा र सम्मान सहित कार्यक्रम सम्पन्न भएको हो ।

देवकोटा पार्क निर्माण व्यवस्थापन संयोजक तथा सल्लाहकार समितिका संयोजक बालकृष्ण थापाको सभापतित्वमा संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यतामा देवकोटा पार्क व्यवस्थापन समितिले कार्यक्रम आयोजना गरेको थियो । साहित्यकार पुयण्प्रसाद खरेलले महाकवि देवकोटाको व्यक्तित्व र उहाँले नेपाली भाषामा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको भन्दैं साहित्यकार खरेलले दश वर्षका उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएको जानकारी दिनुभयो । महाकवि देवकोटाले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको थियो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरर्राष्ट्रियस्तरमा चिनाउनुभएको ले हरेक नेपालीले महाकविलाई कहिल्यै नविर्सने साहित्यकार खरेलको तर्क थियो ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवत्र्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्ककिने उहाँले जानकारी दिनुभयो । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको खरेलले बताउनुभयो ।

प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले छोटै समयमा महाकवि देवकोटाले नेपाली साहित्यका क्षेत्रमा पुर्याएको योगदानका कारण नै आज देवकोटा हरेक नेपालीको मन मनमा बस्न सफल हुनुभएको विचार राख्नुभयो । उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु भएको थियो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन भएको कोइरालाले बताउनुभयो । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको उहाँको तर्क थियो ।

कार्यक्रममा देवकोटा पार्कको संरक्षणमा महत्वपूर्ण योगदान दिनुभएका स्वर्गीय यमप्रसाद दाहालको आमा योगमाया दाहाललाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । प्रमुख अतिथि कोइरालाले सम्मान पत्र तथा कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीले दोसल्ला ओढाएर नगद प्रदान गर्नुभयो ।

कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली , मेचीनगर नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेती, वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्ग, १ नम्बर प्रदेश अन्तर्गतको उद्योग, पर्यटन बन तथा वाताबरण मन्त्रालयका सचिव मेघनाथ काफ्लेलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालनसहित स्वागत आयोजक संस्थाका सचिव फणिन्द्र घिमिरेले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.