आजको मौसम : केही प्रदेशमा पानी पर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

३० साउन, काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

अहिले बिहान देशभर साधारणतया बदली रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

बुधबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति देशभर आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पछिल्लो चौबीस घन्टामा कहाँ कति पानी पर्‍यो?
पछिल्लो २४ घन्टामा सिराहाको लहानमा ८७.२ मिलिमिटर वर्षा भएको छ। मोरङको केराबारीमा ७५.२ मिलिमिटर वर्षा भएको छ। मकवानपुर गढीमा ६०.८, काठमाडौंको धापा ड्याममा ६९, चितवनको त्रिशूलीमा ७४, चितवनकै झुवनीमा ७४.८, लमजुङको कुञ्चामा ७२.४, गोरखाको आरुघाट ७६ मिलिमिटर पानी परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.