अर्थमन्त्री वाग्लेको अभिव्यक्ति चाप्लुसीपूर्ण : राजेश हमाल

भारतको नयाँ दिल्लीमा दिएको मन्तव्यलाई लिएर नायक राजेश हमालले नेपालको परराष्ट्र नीतिको आधार कमजोर पार्ने जोखिम रहेको बताएका छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
नायक राजेश हमाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
पढ्न लाग्ने समय: २ मिनेट • कुल शब्द: २३९

📌 मुख्य बुँदाहरू:

  • नायक राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारतसम्बन्धी अभिव्यक्तिको विरोध गरेका छन्।
  • अर्थमन्त्रीले पदीय दायरा नाघेको र परराष्ट्र नीतिको आधारलाई विकृत पार्ने जोखिम मोलेको उनको आरोप छ।
  • नेपाल–भारत सम्बन्धलाई व्यक्तिगत चाकरी वा सार्वजनिक उपहासको पात्र बनाउन नहुनेमा हमालले जोड दिएका छन्।

नायक राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारतसम्बन्धी हालैको अभिव्यक्तिलाई ‘चाप्लुसीपूर्ण प्रस्तुति’ भन्दै कडा आपत्ति जनाएका छन्। अर्थमन्त्रीले आफ्नो पदीय दायरा नाघेको उल्लेख गर्दै उनले यसले नेपालको लामो समयदेखिको परराष्ट्र नीतिको आधारलाई नै विकृत पार्ने जोखिम मोलेको आरोप लगाएका हुन्।

गत साता नयाँ दिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुने क्रममा अर्थमन्त्री वाग्लेले ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्ति दिएका थिए। सोही मन्तव्यलाई लक्षित गर्दै हमालले सामाजिक सञ्जालमार्फत उक्त टिप्पणी सार्वजनिक गरेका हुन्। यस्तो प्रस्तुतिले देशको सार्वभौमसत्ताको गरिमालाई कमजोर पार्ने र नेपाल–भारतबीचको लामो समयदेखिको ऐतिहासिक सम्बन्धको उपहास गर्ने उनको भनाइ छ।

Npl s3 roadblock
Npl s3 roadblock

परराष्ट्र नीति व्यक्तिगत विवेक वा सुविधवादको विषय बन्नु हुँदैन

परराष्ट्र नीति राष्ट्रिय सार्वभौमसत्ता, गरिमा र दीर्घकालीन सिद्धान्तहरूको विषय हुनुपर्नेमा जोड दिँदै हमालले यो व्यक्तिगत विवेक वा राजनीतिक सुविधवादको विषय बन्न नहुने बताएका छन्। पदमा बसेका कुनै पनि व्यक्तिले नेपालको अन्तर्राष्ट्रिय कदलाई कमजोर पार्ने बयान वा सर्तहरूसँग सम्झौता गर्न नहुने उनको धारणा छ।

नेपाल–भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धमा गहिरो रूपमा जोडिएको उल्लेख गर्दै हमालले छिमेकीसँगको सम्बन्ध बलियो बनाउन गरिने इमानदार प्रयासहरूको स्वागत गर्नुपर्ने बताएका छन्। तर, यसका लागि राज्यका प्रतिनिधिहरूबाट परिपक्व कूटनीतिक विवेक र गरिमापूर्ण एवं सन्तुलित राष्ट्रिय अडानको अपेक्षा गरिएको उनले स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.