कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा सर्वसम्मत चयन

दाङको देउखुरीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले प्यूठानबाट प्रतिनिधित्व गर्ने नेता थापालाई नेतृत्वमा चयन गरेको हो।

A notice in Nepali from Mechinagar Ward No. 10
नेपाली कांग्रेसका नवनिर्वाचित लुम्बिनी प्रदेश सभापति सरोज थापा

📌 मुख्य बुँदाहरू:

  • नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित भएका छन्।
  • दाङको देउखुरीको भालुवाङमा सम्पन्न देउवा पक्षको दोस्रो प्रदेश अधिवेशनबाट उनको नेतृत्वमा सहमति जुटेको हो।
  • सभापतिका लागि प्यूठानका थापासहित पाल्पाका माधव नेपाल र रुपन्देहीका डा. दामोदर भुसालले उम्मेदवारी दिएका थिए।
  • अन्य पदाधिकारी र सदस्यहरूको चयन पनि सर्वसम्मत रूपमा टुङ्ग्याउने तयारी भइरहेको छ।

नेपाली कांग्रेसको देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा पूर्वमन्त्री तथा युवा नेता सरोज थापा (रोज राणा) सर्वसम्मत चयन भएका छन्। दाङ देउखुरीको भालुवाङमा सोमबार राति सम्पन्न लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको अधिवेशन तयारी समितिका संयोजक गेहेन्द्र गिरीले जानकारी दिएका छन्।

प्युठान निवासी थापा यसअघि लुम्बिनी प्रदेश सरकारमा दुई पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। पहिलो पटक यातायात मन्त्री र दोस्रो पटक शहरी विकास मन्त्री बनेका उनी हाल प्रदेशसभा सदस्यसमेत हुन्। सभापतिका लागि प्यूठानबाट थापासáहित पाल्पाका माधव नेपाल र रुपन्देहीका डा. दामोदर भुसालले उम्मेदवारी दिएका थिए। नेताहरूबीचको लामो छलफल र सहमतिपछि अन्य उम्मेदवारहरूले समर्थन गर्दै थापालाई सर्वसम्मत बनाइएको हो।

नेतृत्व चयन र आगामी तयारी

नवनिर्वाचित सभापति थापाको नेतृत्वमा प्रदेशस्तरमा सङ्गठन थप सुदृढ र गतिशील हुने विश्वास व्यक्त गरिएको छ। यसअघि अधिवेशनको उद्घाटन समारोहमा विभिन्न केन्द्रीय तहका नेताहरूको उपस्थिति रहेको थियो।

अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्यहरूको चयनका लागि पनि सर्वसम्मत सहमति जुटाउने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ। बाँकी पदाधिकारीहरूको टुङ्गो छिट्टै लगाइने नवनिर्वाचित सभापति थापाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.